१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

नेपाली सेनाका पूर्व जर्नेलको झुन्डिएको अबस्थामा रहस्यमय मृत्यु अनुसन्धान जारी

Logo
प्रकाशित शनिबार, मंसिर २४, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाली सेनाका अवकाशप्राप्त रथी बलदेवराज महत घरमै मृत अवस्थामा फेला परेका छन् । बुढानीलकण्ठ ९ मा रहेको सिरडी कोलोनीस्थित आफ्नै निवासमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

६२ वर्षीय महत सेनाको दोस्रो उच्च पदसम्म पुगी ५ वर्षअघि अवकाश पाएका थिए । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको प्रहरीले जनाएको छ । उनले साहित्यकार समेत हुन् ।
झुन्डिएको अवस्थामा भेटिएकाले आत्महत्या गरेको आशंका गरिएको छ । यद्यपी पोष्टमार्टम रिपोर्टपछि मात्र मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) महेन्द्रनगर । यहि मंसिर २८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )कञ्चनपुरले श्री ५ महाराजधिराज महेन्द्र बिरबिक्रम शाहदेब सालिक पुन : राख्ने भएको हो। राप्रपा कञ्चनपुरले बिशाल जनसभा गरि शालिक स्थापना गर्ने पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र चन्दले बताए। इतिहासलाई जगेर्नाका लागी पुरानै शालिक भएको महेन्द्रनगर बजारमा शालिक पुन: स्थापना गरिने कार्यक्रम रहेको अध्यक्ष चन्दले […]

(ABC-Sanchar) काठमाडौं । चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक ब्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ । शनिबार बिहान धादिङ निलकण्ठ नगरपालिका ६ बस्ने ४५ बर्षका कृष्ण परियार झुण्डिएका थिए । उनी पुलबाट त्रिशुली नदिमा हामफाल्नको लागि झुन्डिएको खवर पाएपछि सशस्त्र प्रहरी बल नेपालको बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको ११ जनाको टोलीले […]

ABC (क्राईमबिट) काठमाडौं । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै उक्त गणमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । कर्मचारीहरुलाई दैबिक प्रकोपको […]