०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

नेपाली सेनाका पूर्व जर्नेलको झुन्डिएको अबस्थामा रहस्यमय मृत्यु अनुसन्धान जारी

Logo
प्रकाशित शनिबार, मंसिर २४, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाली सेनाका अवकाशप्राप्त रथी बलदेवराज महत घरमै मृत अवस्थामा फेला परेका छन् । बुढानीलकण्ठ ९ मा रहेको सिरडी कोलोनीस्थित आफ्नै निवासमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

६२ वर्षीय महत सेनाको दोस्रो उच्च पदसम्म पुगी ५ वर्षअघि अवकाश पाएका थिए । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको प्रहरीले जनाएको छ । उनले साहित्यकार समेत हुन् ।
झुन्डिएको अवस्थामा भेटिएकाले आत्महत्या गरेको आशंका गरिएको छ । यद्यपी पोष्टमार्टम रिपोर्टपछि मात्र मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल विविध संस्कृति, परम्परा, भाषा र खानाका परिकारले भरिपूर्ण देश हो। हिमाल, पहाड र तराईका हरेक क्षेत्रले आफ्नै मौलिक पहिचान बोकेका छन्। तर आधुनिक जीवनशैली, बढ्दो शहरीकरण र विदेशी संस्कृतिको प्रभावका कारण स्थानीय उत्पादन तथा रैथाने खानाको प्रयोग क्रमशः घट्दै गएको छ। यस्तै अवस्थामा रात्रिकालीन बजारको अवधारणा र रैथाने खानाको संरक्षण तथा प्रवर्द्धन […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ स्थित ज्ञानमाला एकेडेमीमा कक्षा १० मा अध्ययनरत स्मारिका चौधरीले घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनको चित्र बनाएकी छिन् । अभियानले पछिल्लो समय सिर्जनशील कार्यक्रमहरू गरिरहेको भन्दै अभियानका संयोजक प्रियासनको हौसला बढाउन स्मारिकाले चित्र बनाएकी हुन् । स्मारिकाले बनाएको चित्र पाएपछि प्रियासनले सामाजिक सञ्जालमा स्मारिकाप्रति कृतज्ञता जाहेर गर्दै नयाँ […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

error: Content is protected !!