१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
×

बाँके र दाङमा उजुरी धेरै दर्ता सरकारी कार्यालयमा अख्तियारको निगरानी अख्तियार प्रमुख पौडेल

Logo
प्रकाशित आइतबार, मंसिर २५, २०७९


(सागर थापा/महेन्द्र सिंह)
बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्ज बाँकेमा दाङ बाँके बर्दिया र रोल्पा लगाएतबाट नेपालगञ्ज कार्यालयमा विभिन्न विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहका उजुरी रहेको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख विजयराज पौडेलले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ देखि चालु आवको कात्तिक महिनासम्म स्थानीय तहका एक सय ६३ उजुरी दर्ता भएका छन् । चालु आवको चार महिनामा मात्रै ६७ उजुरी दर्ता भएका हुन् । परेका उजुरीमध्ये ३३ फछ्र्योट भइसकेका छन् भने एक सय ३० फछ्र्योट हुन बाँकी रहेका छन् ।

यो अवधिमा स्थानीय तहकै शिक्षाअन्तर्गतका ५६ उजुरी दर्ता भएकामा १३ उजुरी फछ्र्योट भइसकेका छन् । ४३ उजुरी फछ्र्योटको प्रक्रियामा रहेका छन् । नेपालगञ्जस्थित कार्यालयमा गत आव २०७८÷७९ देखि चालु आवको कात्तिक महिनासम्म उद्योग, पर्यटन वन तथा वातावरणसम्बन्धी ३०, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणसम्बन्धी २४ र भौतिक पूर्वाधार विकास मन्त्रालयसम्बन्धी १७ उजुरी दर्ता भएका छन् ।

बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा चालु आवको कात्तिक मसान्तसम्म एक सय ७१ उजुरी दर्ता भएकामा सबैभन्दा बढी बाँकेका ८०, दाङका ५१, बर्दियाका २२ र रोल्पाका १८ उजुरी दर्ता भएका छन् । गत आवमा बाँकेका ८६, दाङका ८५, बर्दियाका ४१ र रोल्पाका १७ रहेका छन् ।

स्थानीय तहमा सार्वजनिक खरिद र निर्माणतर्फ गलत स्टिमेट तयार पार्ने, प्रक्रिया र नियम कानुनको पालना नगर्ने नगराउने, आवश्यकभन्दा धेरै सामग्री खरिद गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समितिसम्बन्धी कार्यविधि पालना नगर्ने वा गलत प्रतिवेदन तयार गर्नेजस्ता प्रवृत्ति पाइएको अदुअआको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ स्थित ज्ञानमाला एकेडेमीमा कक्षा १० मा अध्ययनरत स्मारिका चौधरीले घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनको चित्र बनाएकी छिन् । अभियानले पछिल्लो समय सिर्जनशील कार्यक्रमहरू गरिरहेको भन्दै अभियानका संयोजक प्रियासनको हौसला बढाउन स्मारिकाले चित्र बनाएकी हुन् । स्मारिकाले बनाएको चित्र पाएपछि प्रियासनले सामाजिक सञ्जालमा स्मारिकाप्रति कृतज्ञता जाहेर गर्दै नयाँ […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना तथा मातहत पोष्टहरुले बाँके जिल्लाका विभिन्न विद्यालय तथा महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी चालक ,सह-चालक, सर्वसाधारण, सडक प्रयोग कर्ता,विद्यार्थि, साईल यात्रीहरुलाई सवारी दुर्घटना बाट बच्ने उपायहरु , ट्राफिक नियमका बारेमा यस कार्यालय तथा […]

error: Content is protected !!