प्रकशित मिति : १२ पुष २०७९, मंगलवार १४:४३

ABC (क्राईमबिट)
काठमाडौं । चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगा नाकाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका १७ का २४ वर्षीय सिद्धार्थ चौधरी र सोही ठाउँका २४ वर्षीय दिनेश चौधरी रहेका छन् । झापादेखि काठमाडौं आउँदै गरेको बागमती प्र ०३-००१ ख १६०१ नम्बरको बसलाई चेकजाँच गर्न क्रममा ४ ग्राम ५ मिलिग्राम खैरो हिरोइन सहित फेला पारी बसमा सवार उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2023 AbcSanchar.com