२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

भ्रष्टाचार गर्ने प्रहरीमाथि आईजिपी सिंहको कडा निगरानी गोप्य टोलीहरु परिचालन

Logo
प्रकाशित मंगलबार, पुष १२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । भ्रष्ट आचरणका प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले निगरानी बढाएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गोप्य टोलीहरु पठाएर निगरानी गर्न थालेको स्रोत बताउँछ ।

प्रहरी प्रधान कार्यालयकै टोलीले गत आइतबार बुटवलका डिएसपी ठगबहादुर केसीलाई पक्राउ गरेको थियो । उनीविरुद्ध उजुरी परेपछि महानिरीक्षक सिंहले सिआइबीबाट गोप्य टोली पठाएर उनलाई पक्राउ गराएका हुन् । सूचनाअनुसार नै उनको डेराबाट सुन र नगद फेला परेको छ । उनले बुटवलमा हुँदा एक करोड भन्दा धेरै असुलेको स्रोत बताउँछ । कांग्रेस नेता रामकृष्ण खाणसँग मिलेर उनले यस्तो आतंक मच्चाएका हुन् ।

तराईका जिल्लामा नेताको पावरमा गएका अन्य धेरै प्रहरी अधिकारी असुलीमा लागेका छन् । उनीहरुमाथि पनि छानबिन भइरहेको स्रोत बताउँछ । विगतमा राजनीतिक दबाबका भरमा रोकिएका छानबिन पनि अघि बढेको छ ।

 

एकातर्फ आइजिपी आक्रामक बनेका छन् भने अर्काेतर्फ गृह मन्त्रालयमा पनि जोशिला रबि लामिछाने आएका छन् । जसकारण प्रहरीमा भ्रष्ट अधिकृतहरु थर्कमान भएका छन् । अब संगठनमा इमान्दार र क्षमतावान प्रहरीले अवसर पाउने सम्भावना बढेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]