०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

भ्रष्टाचार गर्ने प्रहरीमाथि आईजिपी सिंहको कडा निगरानी गोप्य टोलीहरु परिचालन

Logo
प्रकाशित मंगलबार, पुष १२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । भ्रष्ट आचरणका प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले निगरानी बढाएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गोप्य टोलीहरु पठाएर निगरानी गर्न थालेको स्रोत बताउँछ ।

प्रहरी प्रधान कार्यालयकै टोलीले गत आइतबार बुटवलका डिएसपी ठगबहादुर केसीलाई पक्राउ गरेको थियो । उनीविरुद्ध उजुरी परेपछि महानिरीक्षक सिंहले सिआइबीबाट गोप्य टोली पठाएर उनलाई पक्राउ गराएका हुन् । सूचनाअनुसार नै उनको डेराबाट सुन र नगद फेला परेको छ । उनले बुटवलमा हुँदा एक करोड भन्दा धेरै असुलेको स्रोत बताउँछ । कांग्रेस नेता रामकृष्ण खाणसँग मिलेर उनले यस्तो आतंक मच्चाएका हुन् ।

तराईका जिल्लामा नेताको पावरमा गएका अन्य धेरै प्रहरी अधिकारी असुलीमा लागेका छन् । उनीहरुमाथि पनि छानबिन भइरहेको स्रोत बताउँछ । विगतमा राजनीतिक दबाबका भरमा रोकिएका छानबिन पनि अघि बढेको छ ।

 

एकातर्फ आइजिपी आक्रामक बनेका छन् भने अर्काेतर्फ गृह मन्त्रालयमा पनि जोशिला रबि लामिछाने आएका छन् । जसकारण प्रहरीमा भ्रष्ट अधिकृतहरु थर्कमान भएका छन् । अब संगठनमा इमान्दार र क्षमतावान प्रहरीले अवसर पाउने सम्भावना बढेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव […]

(ABC-Sanchar) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव महान्यायाधिवक्ता […]

(ABC-Sanchar) काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको मितिमा हुने बताएका छन् । महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आज राष्ट्रिय समाचार समिति (रासस) को केन्दीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष पोखरेलले महासङ्घको निर्वाचन यही जेठ २६ गते नै हुने बताए । निर्वाचन सर्छ भन्ने आशङ्का नराख्न […]