२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

बाँकेको जमुनाह प्रहरीले खैरो ब्राउन सुगरसहित दाङका १ जना युवक पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ ०५, २०७९

(महेन्द्र सिंह )

बाँके । भारतसंग सिमा जोडिएको बाँके जिल्ला अन्तरगत जमुनाहा नाकाबाट नेपाली एक युवक ९ ग्राम खैरो ब्राउन सुगर सहित रङ्गेहात पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङ घोराहि उप म न पा १४ नयाँ बजार बस्ने १९ वर्षीयको महेन्द्र बुढा मगर रहेको ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज वरिष्ठ सई पुर्ण बिकले जानकारी दिनु भयो ।

वरिष्ठ सई बिकका अनुसार महेन्द्र बुढा मगर भारतबाट नेपाल आउदै गर्दा जमुनाहा चेक पोस्टमा चेकजाँच गर्ने क्रममा पाईन्टको गोजि भित्रबाट ९ ग्रामको खैरो ब्राउन सुगर फेला परेपछि उनी रङ्गे हात पक्राउ परेका हुन् ।

पक्राउ परेका मगरलाई थप अनुसन्धानको लागि नियन्त्रणमा ल्याइ हिरासतमा राखिएको छ भने कानुनी सजाय हदैसम्मको हुने जमुनाह प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या गरेको हुन सक्ने दाङ प्रहरीको अनुमान छ ।

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

error: Content is protected !!