०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

नेपालगन्जबाट काठमाडौँ उडेको श्रीएयर विमान झापाको चन्द्रगढी अवतरण किन?

Logo
प्रकाशित शुक्रबार, माघ ०६, २०७९


(ABC-Sanchar) काठमाडौँ । बाँकेको नेपालगन्जबाट काठमाडौँका लागि उडेको श्री एयरको विमान झापामा अवतरण भएको छ । काठमाडौँ विमानस्थलमा भिजिबिलिटी कम भएका कारण श्री एयरको ४४० विमानलाई झापा डाइभर्ट गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

भिजिबिलिटी क्लियर भएपछि ९ बजेर ४५ मिनेटमा सो विमान झापाबाट काठमाडौँका लागी उडेको प्रवक्ता सिटौलाले जानकारी दिए । ७ बजे नेपालगन्जबाट उडेको श्री एयरको सो विमान ९ बजेर ६ मिनेटमाचन्द्रगढीविमानस्थलमा अवतरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढ्ने भएकाले खाल्डाखुल्डी पुरेर यातायात आवागमनलाई सहज बनाउनुपर्ने बताउनुभयो । महासङ्घले […]

दाङ । सिसहनियाँ राप्ती गाउँपालिका–५, सिसहनियाँ – देउखुरीमा हरियाली बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गर्दै आफ्नो २० औँ वार्षिकोत्सव भव्यका साथमा सम्पन्न गरेको छ । आफ्नो सोही वार्षिकोत्सवको अवसर पारेर संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत निलसागर सेवा आश्रम दाङलाई ११ हजार रकम बराबरको ग्याँस, चुलो तथा प्रेसर कुकर लगायतका सामग्री सहयोग गरेको छ । […]

दाङ । तुल्सीपुर प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले लुम्बिनी प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् । बिहीबारदेखि उनले कार्यालय प्रमुखको पदभार ग्रहण गरेका हुन् । उनलाई त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए । यसअघि उनी केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा कार्यरत थिए ।

error: Content is protected !!