०३ साउन २०८२, शनिबार
19-07-2025 , Sat
×

सिडियो नेपाल प्रहरी सशस्त्र एसपी हरुलाई मुख्यमन्त्री गिरीको निर्देशन

Logo
प्रकाशित आइतबार, माघ ०८, २०७९

ABC (क्राईमबिट)
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले रुपन्देहीको सुरक्षाका अधिकारीहरूलाई शान्ति सुरक्षा व्यवस्था र सेवा प्रवाहलाई प्रभावकारी एवम् सहज बनाउन निर्देशन दिएका छन्।

मुख्यमन्त्रीसँगको छलफलमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, रुपन्देही प्रहरी प्रमुख (एसपी) रवीन्द्र रेग्मी, सशस्त्रका प्रहरीका प्रमुख गगन श्रेष्ठ र अनुसन्धान कार्यालयका प्रमुख सँग मुख्यमन्त्री निवास बुटवलमा छलफल गरेका थिए।

गिरीले बजारमा अराजकता हुन नदिन, उपभोक्ताको हितमा केन्द्रित रहन, सामाजिक सद्भाव कायम राख्न, गौरवका आयोजनाका काममा सुरक्षा प्रबन्ध मिलाउन, जनतामा शान्ति सुरक्षाको प्रत्याभूति हुनेगरी काम गर्न निर्देशन दिए।

सो अवसरमा प्रजिअ पाण्डेले जिल्लामा रहेका सरकारी भवनको व्यवस्थापन र स्थानान्तरणका लागि मुख्यमन्त्रीबाट निर्देशनात्मक आदेशको आग्रह गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधीमा ४ करोड १० लाख २४ हजार ८ सय ८३ रुपैयाँ मूल्यको सामान बरामद गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए ।  एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी […]

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ। सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न […]

error: Content is protected !!