२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी दिपक थापाद्वारा बिहीबार पदभार ग्रहण

Logo
प्रकाशित बिहिबार, माघ १२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक दिपक थापाले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार, (माननीय उप-प्रधानमन्त्री तथा गृह मन्त्रीस्तर) को मिति २०७९ पौष२९ गतेको निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्साल, काठमाण्डौबाट बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सरुवा भएको थियो । बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक थापालाई बागमती प्रदेश प्रहरी कार्यालयमा स्वागत गरिएको छ । पदभार ग्रहण पश्चात प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश प्रहरीको अवस्था तथा समग्र कार्यसंचालन बारेमा संक्षिप्त प्रस्तुतीकरण दिनु भएको थियो । त्यसैगरीप्रदेश प्रहरी प्रमुख दिपक थापालेतस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्ति सुरक्षा कायम गर्ने, वस्तुनिष्ट अपराध अनुसन्धान गर्ने, विगतदेखि पेण्डिङमा रहेका मुद्धाहरुको अनुसन्धान गर्ने, फरार अपराधी पक्राउ गर्ने, प्रहरी कर्मचारीको मनोवलमा बृद्धि गरी कार्यमा लगाउन उत्प्रेरणाका क्रियाकलाप संचालन गर्ने लगायतको विषयहरु आफ्नो प्रमुख प्राथमिकताका क्षेत्रहरु भएको हुँदा सोही अनुसार कार्यसम्पादन गर्न गराउन हुन कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभाको फागुन २१ मा हुन गइरहेको निर्वाचनमा सुरक्षा तयारीबारे सुरक्षा निकायहरूको तर्फबाट ब्रिफिङ लिएका छन् । मन्त्री अर्यालले चुनावमा सुरक्षा जोखिम आँकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन पनि दिएका छन् । प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित रहेको गृह मन्त्रालयमा शुक्रबार गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको उपस्थितिमा वार्षिकय कार्यसम्पादन सम्झौता सम्पन्न २०८२/०८३ को अर्ध वार्षिक कार्य प्रगती समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक हित र संस्थागत विकासका निमित्त संगठनका प्राथमिकताहरू पहिचान गरी कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो । वार्षिक लक्ष्य […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीद्वारा जिल्ला प्रहरी कार्यालय, बर्दियाको अनुगमन गर्नुभई निर्वाचन सुरक्षा, अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण, सिमा अपराध नियन्त्रण, महिला, बालबालिका, जेष्ठ नागरिकको संरक्षण तथा विपद् व्यवस्थापन लगायतका समसामयीक विषयमा आवश्यक निर्देशन सम्बोधन गर्नु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको […]

error: Content is protected !!