०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

डिआईजी ज्ञवालीद्वारा नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीको निरीक्षणमा

Logo
प्रकाशित शुक्रबार, माघ १३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै उक्त गणमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । कर्मचारीहरुलाई दैबिक प्रकोपको बिपदमा परेका नागरिकहरुको उद्दारमा अहम भुमिका निर्वाह गर्न र विभिन्न किसिमका दंगा, चक्का जाम, घेराउ, धर्ना जस्ता सम्वेदनशील, असामाजिक तथा आपराधिक गतिविधिहरुको नियन्त्रण गर्ने कार्यमा बल प्रयोग गर्दा बल प्रयोगका सिद्धान्तलाई आत्मसात गर्दै कार्य गर्न बताउनुभयो ।

साथै वहाँले बिपद ब्यबस्थापनमा गणको उल्लेखनिय भुमिका रहेने हुँदा २४ सै घण्टा तयारी अवस्थामा रहन समेत निर्देशन दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । चाडपर्व नजिकिएसँगै सडकमा सवारीको चाप बढ्न थालेको छ। यात्रुको आवागमन बढेसँगै दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले दाङको लमहीमा सवारी चालक लक्षित विशेष निगरानी तथा लापसे चेकजाँच सुरु गरिएको छ। पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लमहीमा वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीले चाडपर्वका बेला हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि निगरानी बढाएका […]

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको आउँदो असोज १० गते हुन लागेको निर्वाचनमा व्यवसायी अनिल आचार्यको नेतृत्वमा स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेदवारी दिने भएको छ। व्यवसायीहरूको हक, हित, अधिकार र व्यावसायिक क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आचार्य नेतृत्वको प्यानल निर्वाचनमा होमिन लागेको जनाएको छ। स्वतन्त्र व्यावसायिक प्यानलको वरिष्ठ उपाध्यक्षमा गेहेन्द्र बस्नेत, उद्योग उपाध्यक्षमा मित्रदेव अधिकारी, वाणिज्य […]

दाङ । नेपाल विविध संस्कृति, परम्परा, भाषा र खानाका परिकारले भरिपूर्ण देश हो। हिमाल, पहाड र तराईका हरेक क्षेत्रले आफ्नै मौलिक पहिचान बोकेका छन्। तर आधुनिक जीवनशैली, बढ्दो शहरीकरण र विदेशी संस्कृतिको प्रभावका कारण स्थानीय उत्पादन तथा रैथाने खानाको प्रयोग क्रमशः घट्दै गएको छ। यस्तै अवस्थामा रात्रिकालीन बजारको अवधारणा र रैथाने खानाको संरक्षण तथा प्रवर्द्धन […]