०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

डिआईजी ज्ञवालीद्वारा नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीको निरीक्षणमा

Logo
प्रकाशित शुक्रबार, माघ १३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै उक्त गणमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । कर्मचारीहरुलाई दैबिक प्रकोपको बिपदमा परेका नागरिकहरुको उद्दारमा अहम भुमिका निर्वाह गर्न र विभिन्न किसिमका दंगा, चक्का जाम, घेराउ, धर्ना जस्ता सम्वेदनशील, असामाजिक तथा आपराधिक गतिविधिहरुको नियन्त्रण गर्ने कार्यमा बल प्रयोग गर्दा बल प्रयोगका सिद्धान्तलाई आत्मसात गर्दै कार्य गर्न बताउनुभयो ।

साथै वहाँले बिपद ब्यबस्थापनमा गणको उल्लेखनिय भुमिका रहेने हुँदा २४ सै घण्टा तयारी अवस्थामा रहन समेत निर्देशन दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल विविध संस्कृति, परम्परा, भाषा र खानाका परिकारले भरिपूर्ण देश हो। हिमाल, पहाड र तराईका हरेक क्षेत्रले आफ्नै मौलिक पहिचान बोकेका छन्। तर आधुनिक जीवनशैली, बढ्दो शहरीकरण र विदेशी संस्कृतिको प्रभावका कारण स्थानीय उत्पादन तथा रैथाने खानाको प्रयोग क्रमशः घट्दै गएको छ। यस्तै अवस्थामा रात्रिकालीन बजारको अवधारणा र रैथाने खानाको संरक्षण तथा प्रवर्द्धन […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ स्थित ज्ञानमाला एकेडेमीमा कक्षा १० मा अध्ययनरत स्मारिका चौधरीले घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनको चित्र बनाएकी छिन् । अभियानले पछिल्लो समय सिर्जनशील कार्यक्रमहरू गरिरहेको भन्दै अभियानका संयोजक प्रियासनको हौसला बढाउन स्मारिकाले चित्र बनाएकी हुन् । स्मारिकाले बनाएको चित्र पाएपछि प्रियासनले सामाजिक सञ्जालमा स्मारिकाप्रति कृतज्ञता जाहेर गर्दै नयाँ […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

error: Content is protected !!