०८ जेठ २०८२, बुधबार
21-05-2025 , Wed
×

रवीले चिन्ता नगरौँ केही समयपछि गृहमन्त्रालयमा फर्कन्छु भन्दै बाहिरिए

Logo
प्रकाशित शनिबार, माघ १४, २०७९


ABC (क्राईमबिट) काठमाडौं । सर्वोच्चको फैसलाबाट अवैध नागरिक ठहरिएसँगै सांसद र गृहमन्त्री पद गुमाएका रवि लामिछानेले ‘केही समयपछि यसै मन्त्रालयमा फर्कन्छु’ भन्दै मन्त्रालयबाट बाहिरिएका छन् ।

शुक्रबार रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको अन्तिम बहस थियो । तर, शुक्रबार नै फैसला आउने या नआउने टुङ्गो थिएन । तर, फैसला भने शुक्रबार साँझ नै आयो ।

रामशाहपथस्थित सर्वोच्च अदालत र गृहमन्त्रालयको दुरी करिव पाँच सय मिटर मात्र छ । सर्वोच्चमा आफ्नो नागरिकता विवाद छिनोफानो हुँदै गर्दा रवि मन्त्रालयमै थिए । उनलाई पनि आजै फैसला होला या नहोला भन्ने हेक्का थिएन । तर, साँझ ५ः३० तिर सर्वोच्चले रविको विरुद्धमा फैसला गर्यो र नेपाली नागरिकताधारी नरहेको फैसला सुनायो ।

फैसलापछि उनी साँझ ७ बजे मात्र मन्त्रालयबाट बाहिरिए । बाहिरिने क्रममा उनले आफू अनागरिक भएको भन्दै दुखेसो पोखे । सर्वोच्चको फैसलालाई सम्मान गर्ने बताएका रविले पत्रकारहरूले प्रश्न गर्दा ‘म अनागरिकसँग कुनै प्रश्नको जवाफ छैन’ भन्ने प्रतिक्रिया दिए ।

सर्वोच्चको फैसलासँगै रविको सांसद र गृहमन्त्री पद स्वत् खारेज भयो । तर, उनी पद खारेज भएपछि पनि करिव २ घण्टा गृहमन्त्रीकै कुर्सीमा बसेर बिदा भए । फैसला भएपछिको करिव दुई घण्टासम्म उनले मन्त्रीकै कुर्सीबाट पार्टीका नेता कार्यकर्तासँग प्रत्यक्ष तथा फोन संवादमा सरसल्लाह गरेका थिए ।

शुक्रबार रविसँगै गृहमन्त्रालयमा रहेका रास्वपाका एक नेताका अनुसार रविले केही समयपछि यसै मन्त्रालयमा फर्कने समेत बताएर बाहिरिएका छन् ।

ति नेताले भने– ‘सर्वोच्चले फैसला सुनाउने बेलामा मन्त्रीज्यू कुर्सीमै हुनुहुन्थ्यो । उहाँ फैसलापछि पनि करिव २ घण्टा सोही कुर्सीमा रहेर हामीसँग सरसल्लाह गर्नु भयो । उहाँले ‘केही छैन साथीहरू केही समयपछि यसै मन्त्रालयमा फर्कने छु । चिन्ता नगरौँ’ भनेर बाहिरिनु भयो ।’

रविको सांसद पद खारेज भएसँगै उनले निर्वाचन जितेको चितवन–२ मा उपनिर्वाचन हुने निश्चित छ । निर्वाचन अगाडि नागरिकता प्राप्ति सम्बन्धी सम्पूर्ण प्रकृया पूरा गरेको खण्डमा उनी पुनः उम्मेदवार बन्न पाउने छन् । यसै आधारमा उनले ‘पुनः यसै मन्त्रालयमा फर्कन्छु’ भनेको हुनसक्ने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!