०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

कपिलवस्तु प्रहरीको ठुलो सफलता आतंककारी गतिविधिमा संलग्न ४ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ १७, २०७९


ABC (क्राईमबिट)
कपिलवस्तु । प्रहरीले राजनीतिक नारा र माग राखेर सवारी साधनमा आगजनी, जबर्जस्ती चन्दा र फिरौतीमा संलग्न एउटा कथित भूमिगत समूहका प्रमुखसहित चार सदस्यलाई नियन्त्रणमा लिएको छ।

आमनिर्वाचन बहिष्कारको पर्चा छर्दै सवारी साधनमा आगजनी र जिल्लामा रहेका व्यापारीहरूलाई डर देखाएर रकम असुल्न सक्रिय समूहका प्रमुख विकरान्त भनिने जग्गु तेलीसहित अन्य तीन जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो।

विकरान्तको नेतृत्वमा यो समूहले नेपाल जनतान्त्रिक मुक्ति मोर्चा नामको भूमिगत संगठनका नाममा उनीहरूले आंतक मच्चाएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा शिवराज नगरपालिका-७ बालानगर बस्ने समूहका प्रमुख जग्गु तेली, साेही नगरपालिका-११ सडवा बस्ने बिरु भन्ने बृजेश गिरी, बालानगर बस्ने शुग्रीम रैदास र सडवा बस्ने बिपिन विक रहेका छन्।

कपिलवस्तु प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतले लामो खोजतलासपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन सफलता पाएको सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए।

प्रहरीका अनुसार यो समूहले गत कात्तिक २२ गते राति अन्दाजी १२ः२० बजे कपिलवस्तुको शिवराज नगरपालिका–६ गड्गौडास्थित समृद्धि फुड्स प्रा.लि. अगाडि चन्द्रौटा-कृष्णनगर सडकको किनारमा रोकी राखेको कर्णाली प्रदेश ०२–००१ ख ०५७८ नम्बरको ट्रक, त्यसैगरी बिहान ०३ः४० बजेको समयमा सोही वडाको वीरपुरस्थित चन्द्रौटा–कृष्णननगर सडकमा राधा किशुन वनियाको घर अगाडि पार्किङ गरी राखेको ना ५ ख १४५३ नम्बरको ट्रक र बिहान ४ः३० बजे कपिलवस्तु कृष्णनगर नगरपालीका वडा नं. ८ जौवाभारीस्थित महलक्ष्मी सुगर मिलको गेटमा पार्किङ गरी राखेको सोही मिलका सुरक्षा गर्ड कपिलवस्तु विजयनगर गाउँपालिका–४ बिजुलिया बस्ने कर्णबहादुर मल्लको लु ५प ९२८७ नम्बरको २०० सीसीको पल्सर मोटरसाइकलमा श्रृङखलाबद्ध रूपमा आगजनी गरेको थियो। आगजनी गरिएका ३ वटै घटनास्थलमा कथित भूमिगत संगठन ‘नेपाल जनतान्त्रिक मुक्ति मोर्चा’ को संयोजक ‘विकरान्त’बाट जारी गरेको ‘नर्वाचन बहिष्कार’ ‘नेपाल बन्द’लगायतका विभिन्न ७ बुँदे मागसहितको पर्चाहरू फेला परेको थियो।
आगजनीको घटनालगत्तै कात्तिक २२ गते दिउँसो ९८१४४९७९२० नम्बरको मोबाइलबाट विभिन्न सञ्चारकर्मी तथा अधिकारीहरूलाई फोन गरी आफू ‘नेपाल जनतान्त्रिक मुक्ति मोर्चा’को संयोजक ‘विकरान्त’ रहेको र निर्वाचन बहिष्कारका लागि आफ्नो पार्टीले नेपाल बन्दको घोषणा गरेकोले सोको अवज्ञा गर्ने उक्त सवारी साधनहरूमा आफुहुरूले नै आगो लगाई करबाही गरेको भनी घटनाको जिम्मा लिएका थिए।

यस्तै पुस १६, १७ र १८ गते गरी पटकपटक ९८०३०८१६७१ नम्बरको मोबाइलबाट कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. ९ बहादुरगञ्ज बस्ने ३४ वर्षीय बुद्धकुमार अग्रहरीलाई फोन गरी आफू कथित नेपाल जनतान्त्रिक मुक्ति मोर्चाको जिल्ला इन्चार्ज रहेको भन्दै ‘तपाईंलाई हाम्रो पार्टीले २५ लाख रुपैयाँ चन्दा तोकेकाले समयमै दिनू,अन्यथा हाम्रो कार्यकर्ताहरूले तपाईंमाथि भौतिक आक्रमण गर्नेछन्’ भनी धाकधम्की दिएको पाइएको छ।

त्यसैगरी पुस २६ र माघ २ गते कृष्णनगर नगरपालिका वडा नं. ८ मौजा गणेशपुर बस्ने ४४ वर्षीय ओमकार चौधरीलाई समेत फोन गरी सोही व्यहोराको धम्की दिई १० लाख रुपैयाँ चन्दा माग गरेका थिए।

माघ २ गतेदेखि १३ गतेसम्म शिवराज नगरपालिका वडा नं.७ बालानगर बस्ने ५७ वर्षीय पुजारीप्रसाद चौधरीलाई पटकपटक फोन गरी धम्की दिँदै ५ लाख रुपैयाँ चन्दा मागेका उनीहरूले १ लाख रुपैयाँ चन्दा लिँदै गर्दाको अवस्थामा माघ १३ मध्याह्न १२ बजे बिरु भन्ने बृजेश गिरी र शुग्रीम रैदास १ लाख नगद र मोटरसाइकलसहित पक्राउ परेका थिए।

चन्दाबापतको नगदसहित पक्राउ परेका उनीहरूले आफूहरूलाई चन्दाबापतको रकम लिन पठाउने कथित ‘नेपाल जनतान्त्रिक मुक्ति मोर्चा’ को संयोजक ‘विकरान्त’ बताउने जग्गु तेली रहेको प्रहरीलाई बताएपछि थप अनुसन्धानका क्रममा चन्दा रकमको लागि पीडितलाई पटकपटक फोन गरी जिल्ला इन्चार्ज बताउने व्यक्ति बिपिन बिक रहेको खुलेको थियो।

खोजतलासको क्रममा माघ १४ गते विकरान्त र बिपिनलाई पक्राउ गर्न सफल भएको एसपी बस्नेतले बताए। पक्राउ परेका चारै जनामाथि आपराधिक लाभ शीर्षकमा कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी र सेनालाई फागुन २४ मा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मा माथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरु माथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र […]

कपिलवस्तु । महाराजगन्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञाबिच स्थानीय युवाहरूले हुलाकी मार्गमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । कपिलवस्तुमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा ४ जना घाइते,अहिले कर्फ्यु जारी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले दिएको जानकारी अनुसार युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गर्नुपरेको […]

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्। बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, […]

error: Content is protected !!