०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

नेपालको कालीगण्डकी नदिबाट उत्खनन गरेको अयोध्या पुर्याइयो देवशिला

Logo
प्रकाशित बिहिबार, माघ १९, २०७९


(ABC-Sanchar) काठमाडौं । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपुर्याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो ।
यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि यहाँ पुगेको हो । अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला ल्याएर यहाँ आइपुगेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको टोलीलाई भव्य स्वागत गरिएको थियो।

ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्र्याएका थिए । शिलालाई बुधबार नै यहाँस्थित राम सेवकपुरममा राखिएको छ भने आज बिहान विशेष समारोहबीच श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका महन्थ दासले जानकारी दिए ।

ट्रस्टका महासचिव चंपत रायले विशेष अनुष्ठान पूजापछि आज देवशिला ग्रहण गर्ने बताए । उनले आयोध्यास्थित राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि ट्रस्टले औपचारिकरुपमा देवशिला बुझ्ने जानकारी दिए ।

यसअघि बुधबार बिहान गोरखपुरस्थित गोरखनाथ मन्दिर परिसरमा विशेष हवन पूजापछि देवशिला अयोध्यातर्फ अगाडी बढाइएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विभिन्न शक्ति केन्द्रको दबाबमा आफूलाई अनुकूल लागेका कार्यालय र स्थानमा बसिरहेका प्रहरी कर्मचारीलाई दरबन्दीमा पठाउन थालिएको हो। तराई मधेशमा, हिमाली जिल्ला, लागूऔषध ब्यूरो, साइबर ब्यूरो, सिआइबी, मानवबेचविखन नियन्त्रण ब्यूरो तथा ट्राफिक कार्यालयहरूमा काजमा खटिएका प्रहरी कर्मचारीलाई जहाँ उनीहरूको दरबन्दी त्यहाँ पठाउन थालिएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काज फिर्ताको क्रममा ३ हजार […]

  पश्चिम् नवलपरासी । पर्याप्त सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गर्दे आएका किसानहरू अहिले धान रोपेको खेत सुख्खा भएपछि चिन्तित बनेका छन् । अधिकांश स्थानमा अहिले खेतमा चिरा परेको छ भने भर्खर रोपेको धान पहेँलिन थालेको छ । वर्षा नहुँदा धानको वृद्धि विकासमा असर पर्ने र गाँज हाल्न नसक्दा उत्पादन कम हुने जोखिम रहेको कृषि […]

  भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०८१÷०८२ मा भन्सार छली तथा अवैध चोरी निकासी नियन्त्रणमा ऐतिहासिक सफलता हात पारेको छ । प्रहरीले यस अवधिमा १२ करोड ६७ लाख ७१ हजार ७७९ रुपैयाँ बराबरको अवैध सामान बरामद गर्नुका साथै तस्करीमा संलग्न ११३ जनालाई पक्राउ गरेको छ । यो सफलताले सीमा क्षेत्रमा हुने अवैध […]

error: Content is protected !!