०८ जेठ २०८२, बुधबार
21-05-2025 , Wed
×

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ १९, २०७९

ABC (क्राईमबिट)
बाँके । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ परेका छन । बिहीबार उनलाई बाँकेबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए ।

०६६ सालमा ट्याक्टरमा आगो लगाएको अभियोगमा जिल्ला अदालत कैलालीले उनलाई ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ बिगो भराउने फैसला गरेको थियो । जिल्ला अदालत कैलालीले ०७० वैशाख ९ गते यस्तो फैसला गरेको थियो ।

कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्कीतर्फ जाँदै गरेको ट्याक्टरमा ०६६ भदौ ३ गते आगजनी गरिएको थियो ।

मुद्दा खेपेका बेला जमानीमा रिहा भएका चौधरी फैसलाको बखत नै फरार रहेको फैसलामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!