०७ जेठ २०८२, मंगलबार
20-05-2025 , Tue
×

दिनभरको तनावग्रस्त पछी माछापोखरीमा हात उठाएर बाटो काट्दै सर्वसाधारणहरु

Logo
प्रकाशित सोमबार, फाल्गुण ०१, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । यातायात मजदुरको आन्दोलनका कारण सोमबार अपरान्हदेखि काठमाडौंको गोंगबु बसपार्क र माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ ।

गाडी चलाउने क्रममा नियम मिच्दा ट्राफिक प्रहरीले लिने जरिवाना अत्यधिक भएको भन्दै यातायात मजदुरहरुले बसपार्क र माछापोखरी क्षेत्रमा सडकमै गाडी तेर्स्याएर यातायात अवरुद्ध पारेका छन् । उनीहरुले नाराबाजी र ढुंगामुढा पनि गरेका छन् र प्रहरीसँग झडप पनि भइरहेको छ ।

आन्दोलनकारीले प्रहरीका दुई वटा गाडी जलाइदिए भने माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट पनि भत्काइ दिएका छन् ।

अध्याँरो भइसक्दा पनि आन्दोलन नरोकिँदा सर्वसाधारण समस्यामा परेका छन् । कार्यालय र कामबाट फर्किनेहरुले गाडी पाएका छैनन् भने माछापोखरी क्षेत्रमा पैदल हिँड्न पनि डरमर्दो छ । प्रदर्शन अन्त्य भएपछि सजिलै घर फर्किने भनेर पर्खिरहेकाहरु अध्याँरो हुन थालेपछि भने हात उठाउँदै तनावग्रस्त क्षेत्रमा पैदल हिँडिरहेका छन् । हात उठाएमा प्रहरी र आन्दोलनकारी दुबै पक्षले सर्वसाधारण हो भन्ने चिनेर आक्रमणमा नपर्ने ठानेर सर्वसाधारणको ठूलो संख्या हात उठाएर हिँडिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!