१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

बालाजुको प्रदर्शन नियन्त्रणमा लिन सशस्त्र प्रहरी परिचालन

Logo
प्रकाशित सोमबार, फाल्गुण ०१, २०७९

ABC (क्राईमबिट)                                                            बालाजुको माछापोखरीमा यातायात मजदुरहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन सशस्त्र प्रहरी परिचालन गरिएको छ । गण नम्बर–१८ कीर्तिपुरका गणपति उद्धव रावलको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

उपत्यकाका ४ गण र १ गुल्मबाट २ सय ६५ भन्दा बढी सशस्त्र प्रहरी बालाजुमा भएको प्रदर्शन नियन्त्रणमा खटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले  बताए ।

अहिले माछापोखरीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्दोलनकारीलाई हटाएको छ । अवस्था सामान्य बन्दै गएको उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठले जानकारी दिए ।

यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा।२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) यातायात मजदुरले जलाएका छन् । प्रहरी वृत्त बालाजुको बा।१ झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले जलाएका छन् ।

ल्होत्से मलमा तोडफोड र माछापोखरी स्थित प्रहरी बिटमा प्रदर्शनकारीहरुले आगजनी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!