१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

नेपाली नक्कली नोटसहित ३ जना नेपालगन्ज वडा नं २बाट पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण ०३, २०७९

( महेन्द्र सिंह )                                                            बाँके प्रहरीले नक्कली एक हजारको नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिका  वडा. नं  २ न्यूरोडबाट मंगलबार बेलुका  पाँच बजे तीन युवालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार पाँच लाख ६९ हजार नक्कली एक हजार दरका नोटसहित तीन युवालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ का ३३ वर्षीय मोहन कुमाई, अछामको   वडा नं. ३ का ३६ वर्षीय दीपक बिसी र सल्यानको बनगाँड कुपेन्डे नगरपालिका वडा नं. ३० का मोहन राना छन्।

गोप्य सूचनाका आधारमा आशंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट साढे ५ लाख ६९ हजार नेपाली एक हजारको नक्कली नोटहरु बरामद भएको प्रवक्ता घर्तीले  बताए।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!