१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

गाँजासहित ५ जना पक्राउ

Logo
प्रकाशित आइतबार, फाल्गुण १४, २०७९

ABC (क्राईमबिट)                                                    जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजा, चरेस र हतियारसहित पाँच जनालाई पक्राउ गरेको छ । कैलाश गाउँपालिका–६, दुम्सिखर्कबाट सो सामाग्रीसहित पक्राउ गरेको हो ।

१५ सय १५ किलो लागुऔषध गाँजा, १३ किलो चरेस, एक थान अवैध भरुवा बन्दुक, एक थान कटुवा पेस्तोल र म्याग्जिनसहित ६ राउण्ड गोली फेला परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका–६, दुम्सिखर्कमा ७६ वर्षीय जीतबहादुर मोक्तान, सोही ठाउँका २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले, २२ वर्षीय शेखर घले रहेका छन् ।जीतबहादुरको घर र गोठमा खानतलासी गर्दा शुक्रबार बेलुका लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]