०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

प्रहरी सहायक हवल्दारको मृत्यु

Logo
प्रकाशित बुधबार, फाल्गुण १७, २०७९

ABC (क्राईमबिट)                                                    बैतडीमा ड्युटीको क्रममा बेहोस भएका प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।

बुधबार बैतडीको मेलौली नगरपालिका–२ सलेना अस्थायी प्रहरी चौकीमा कार्यरत रहेका ३२ वर्षीय प्रहरी सहायक हल्वदार नविन चौधरी ड्युटीको क्रममा बेहोस भएका थिए।

अपराह्न साढे ५ बजेतिर ड्युटीमै बेहोस भएका उनको उपचारका लागि स्वास्थ्य चौकीमा पुर्‍याइएको थियो।

स्वास्थ्य चौकीमा उपचारको क्रममा साँझ ७ बजेतिर डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

जोशीका अनुसार चौधरीको मृत्युबारे आफन्तलाई खबर भइसकेको छ। आफन्त बैतडी पुगेपछि शवको मुचुल्का तयार पार्ने र पोस्टमार्टमको काम गरिने छ।

मृतक सहायक हल्वदारको घर कैलालीको कैलारी गाउँपालिका –७ हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!