२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

प्रधानमन्त्री प्रचण्ड र आईजिपी सिंहबीच भेटघाट प्रहरीमा ३० वर्षे सेवाहद हटाउने तयारी

Logo
प्रकाशित बुधबार, फाल्गुण २४, २०७९

ABC (क्राईमबिट)                                                 काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवाहद हटाउन फेरि प्रक्रिया अघि बढेको छ । आइजिपीको अवकाशको समयमा नेपाल प्रहरीमा ३० वर्षे सेवाहदको विषय बारम्बार अघि बढे पनि असफल हुने गरेको छ । यसपटक भने हट्ने सम्भावना रहेको बताइन्छ ।

गृह मन्त्रालयले सेवाहद हटाउनुपर्ने विषयमा पनि अन्य निकायसङ  राय लिने प्रक्रिया अघि बढाएको छ । अर्थ र कानून मन्त्रालय दुवैले यसमा सहमति दिएको स्रोत बताउँछ । यस विषयमा प्रधानमन्त्री प्रचण्ड र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबीच बुधबार छलफल समेत भएको प्रधानमन्त्रीनिकट स्रोत बताउँछन ।

गत मंसिरमा शेरबहादुर देउवा नेतृत्व सरकारले अध्यादेशमार्फत प्रहरी ऐन संशोधन गरी सेवाहद हटाउने प्रयास गरेको  थियो । तर, त्यसले मूर्तरुप पाएन । अहिले यो विषयमा गृह मन्त्रालयले फेरि प्रक्रिया अघि बढेको छ ।

३० वर्षे सेवाहदले प्रहरी संगठनलाई कमजोर बनाएकाले यसलाई हटाउनुपर्नेमा सबै प्रहरी अधिकारी सहमत छन् । तर, विस्तृत अध्ययनबिना नै हटाउँदा कुनै ब्याचलाई धेरै फाइदा हुने र केहीलाई मर्का पर्ने भएकाले यसमा विवाद हुने गरेको छ । अहिले पनि संगठनभित्र विस्तृत छलफल र वृत्ति विकास योजनाबिना नै यो विषय अगाडि बढाइएपछि कतिपय प्रहरी अधिकारी सशंकित बनेका छन् । नयाँ आइजिपी नियुक्तिका लागि अनुभवी उम्मेदवार नभएकाले पनि अहिलेकै नेतृत्वलाई निरन्तरता दिन सेवाहद हटाउन लागिएको बताइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!