२८ आषाढ २०८२, शनिबार
12-07-2025 , Sat
×

प्रधानमन्त्री प्रचण्ड र आईजिपी सिंहबीच भेटघाट प्रहरीमा ३० वर्षे सेवाहद हटाउने तयारी

Logo
प्रकाशित बुधबार, फाल्गुण २४, २०७९

ABC (क्राईमबिट)                                                 काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवाहद हटाउन फेरि प्रक्रिया अघि बढेको छ । आइजिपीको अवकाशको समयमा नेपाल प्रहरीमा ३० वर्षे सेवाहदको विषय बारम्बार अघि बढे पनि असफल हुने गरेको छ । यसपटक भने हट्ने सम्भावना रहेको बताइन्छ ।

गृह मन्त्रालयले सेवाहद हटाउनुपर्ने विषयमा पनि अन्य निकायसङ  राय लिने प्रक्रिया अघि बढाएको छ । अर्थ र कानून मन्त्रालय दुवैले यसमा सहमति दिएको स्रोत बताउँछ । यस विषयमा प्रधानमन्त्री प्रचण्ड र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबीच बुधबार छलफल समेत भएको प्रधानमन्त्रीनिकट स्रोत बताउँछन ।

गत मंसिरमा शेरबहादुर देउवा नेतृत्व सरकारले अध्यादेशमार्फत प्रहरी ऐन संशोधन गरी सेवाहद हटाउने प्रयास गरेको  थियो । तर, त्यसले मूर्तरुप पाएन । अहिले यो विषयमा गृह मन्त्रालयले फेरि प्रक्रिया अघि बढेको छ ।

३० वर्षे सेवाहदले प्रहरी संगठनलाई कमजोर बनाएकाले यसलाई हटाउनुपर्नेमा सबै प्रहरी अधिकारी सहमत छन् । तर, विस्तृत अध्ययनबिना नै हटाउँदा कुनै ब्याचलाई धेरै फाइदा हुने र केहीलाई मर्का पर्ने भएकाले यसमा विवाद हुने गरेको छ । अहिले पनि संगठनभित्र विस्तृत छलफल र वृत्ति विकास योजनाबिना नै यो विषय अगाडि बढाइएपछि कतिपय प्रहरी अधिकारी सशंकित बनेका छन् । नयाँ आइजिपी नियुक्तिका लागि अनुभवी उम्मेदवार नभएकाले पनि अहिलेकै नेतृत्वलाई निरन्तरता दिन सेवाहद हटाउन लागिएको बताइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!