२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

बजारमा नक्कली नोट १ हजार र ५ सय को बिगबिगी नक्कली नोट बनाउने पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र ०६, २०७९

ABC (क्राईमबिट) काठमाडौँ । प्रहरीले पछिल्लो ३ महिनामा १० लाखभन्दा धेरै नेपाली नक्कली नोट बरामद गरेको छ । २०७९ मंसिर, पुस र माघ महिनाभरिमा १० लाख २० हजार ३ सय नक्कली नेपाली रुपैयाँ बरामद गरिएको प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेलले बताए । काठमाडौँको कालोपुलबाट चैत १ मा नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कारोबारीको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ लाख ३६ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ ।


पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका–७ घर भएर सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार मंसिरपछि जाली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]

(एबिसि संचार ) नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरू काठमाडौंमा आइसकेका छन् […]

(एबिसि संचार ) बैदेशिक रोजगारीका लागी न्युजिल्याण्ड पठाउँछु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भई काठमाडौँ बस्ने २६ वर्षीय अर्जुन कँडेल रहेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार कँडेललाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको हो ।उनले आकर्षक तलबको लोभ देखाएर पीडितसँग […]