२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

गृह मन्त्रालयले २५ जना सहसचिव सिडियोहरुको सरुवा गर्‍यो

Logo
प्रकाशित शुक्रबार, चैत्र १०, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । १४ जना राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)सहित गृहका २५ जना अधिकारीहरूको सरुवा भएको छ । गृह मन्त्रालयले अतिरिक्त समूहमा रहेकालगायत अन्य १४ सहसचिव र अन्य उपसचिवहरूलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायहरूमा खटन पटन गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार मन्त्रालयले अतिरिक्तमा रहेका ११ जना सहसचिवहरूको पदस्थापन र तीन जनाको सरुवा गरेको छ भने ११ जना सहसचिवहरूको सरुवा विभिन्न निकायहरुपमा सरुवा गरेको छ । ब्युरोलाई प्राप्त विवरण अनुसार सहसचिव रामबन्धु सुवेदीलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँको प्रमुख अध्यागमन अधिकृतमा पठाएको छ भने त्यहाँका वासुदेव घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत सारिएको छ ।

यस्तै सहसचिव रुद्रसिंह तामाङलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महादेव पन्तको आन्तरिक व्यवस्थापन महाशाखा, गृहमा पदस्थापन गरिएको छ ।

प्राप्त विवरण अनुसार मेखबहादुर मगरातीलाई जिल्ला प्रशासन कार्यालय पाँचथर रामकृष्ण अधिकारीलाई लमजुङ, जय कुमार घिमिरेलाई जुम्ला, प्रेम प्रसाद आचार्यलाई पर्वत, कोमल प्रसाद धमलालाई दोलखा, वेद प्रसाद खरेललाई सल्यान, मदन कोइरालालाई प्युठान र राम कुमार महतोलाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ भने थानेश्वर गौतमलाई धनकुटा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव अनिता निरौलालाई जिल्ला प्रशासन कार्यालय रामेछापको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलाई जिल्ला प्रशासन कार्यालय जुम्लाको सहायक प्रमुख जिल्ला अधिकारी, धनकुटाकी लीला कुमारी के.सी.पाण्डेलाई पाँचथरको सप्रजिअ(काज एनडीआरआरएमए), दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौड्याललाई जिल्ला प्रशासन कार्यालय इलामको सहायक प्रमुख जिल्ला अधिकारी, रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीलाई जिल्ला प्रशासन कार्यालय बैतडीको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गर्दै काजमा एनडीआरआरएमा काज राखिएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीलाई सहायक प्रमुख जिल्ला अधिकारी दोलखा, पर्वतका प्रजिअ चित्रांगत बराललाई सप्रजिअ बागलुङ, र बागलुङका प्रजिअ गणेश प्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय पर्वतको सहायक प्रमुख जिल्ला अधिकारी र प्युठानका प्रजिअ वेद प्रसाद अर्याललाई जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सल्यान, जुम्ला र जाजरकोटका प्रमुख जिल्ला अधिकारीहरू क्रमशः कृष्ण चन्द्र पौडेल, मुकेश कुमार केशरी र अञ्जन न्यौपानेलाई क्रमशः प्युठान, धनुषा र धनकुटाको सहायक प्रमुख जिल्ला अधिकारी बनाई पठाएको विवरण प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त भएको छ ।

मन्त्रालयले लामो समयदेखि बरन्डामा रहेका अधिकारीहरूको व्यवस्थापनसँगै अवधि पुगेका तथा दरबन्दी अनुसार सरुवा मिलाएको हो ।

केही समय अघि मात्रै मन्त्रालयले दुई जिल्लाका सिडिओसहित १० उपसचिवहरूको सरुवा गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]