२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

आईजिपी बसन्त बहादुर कुँवरद्वारा कमाण्डो तालिमको दिक्षान्त समारोह सम्पन्न

Logo
प्रकाशित शुक्रबार, चैत्र १७, २०७९

ABC (क्राईमबिट) नवलपरासी । (पश्चिम), नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित आठौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा शुक्रबार सम्पन्न भएको छ ।

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले सम्बोधनको क्रममा नेपाल प्रहरीमा संचालन हुने तालिमहरूमध्ये सबै भन्दा कठिन मानिने यस तालिम पुरा गर्नु आफैमा एउटा ठूलो उपलब्धि भएको उल्लेख गर्दै प्रशिक्षार्थीहरूले डेमोन्स्ट्रेसनको सिलसिलामा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा खटिदा पनि कायमै राख्न निर्देशन समेत दिनुभयो ।

नेपाल प्रहरीको विशिष्टीकृत बलको रूपमा स्थापित गरिएको कमाण्डोहरुको युनिटले विगतमा देखाएको बहादुरी र काम कारबाहीले नेपाल प्रहरी सङ्गठनकै मान बढाएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘नि:सन्देह कठिन, चुनौतीपूर्ण र निर्विवादित तवरमा नेपाल प्रहरीको एक मात्र Elite Force को रूपमा रहेको कार्यदललाई यहाँहरुले केवल पेशा मात्र हैन आफ्नो जीवन पद्धतिका रूपमा ग्रहण गरी राष्ट्र र नागरिक सेवामा आफ्नो विशिष्ट पहिचान बनाउन सफल हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

प्रहरी महानिरीक्षक कुँवरले समय अनुकूल प्रशिक्षार्थीहरूको विकास केन्द्रित प्रशिक्षण गतिविधि संचालनमा दत्तचित्त भएर लाग्न सबैलाई निर्देशन दिनुहुँदै नेपाल प्रहरीको एक मात्र विशिष्ट प्रकृतिको तालिम प्रदायक संस्थाको रुपमा रहेको यस महाविद्यालयलाई अझै समय सापेक्ष ढंगले परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कठिन प्रकृतिका तालिमलाई थप रचनात्मक बनाउन र सहभागी हुने प्रशिक्षार्थीहरूलाई संगठनको तर्फबाट केही अतिरिक्त सेवा सुविधाको व्यवस्थाको लागि संगठन सदैव क्रियाशिल रहेको समेत उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक मधुसूदन लुइँटेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक पुरूषोत्तम खड्काले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक १२ जना, प्रहरी सहायक निरीक्षक १५ जना र प्रहरी जवान ८८ जना गरी जम्मा १ सय १५ जनाको सहभागिता रहेको जानकारी दिनुभयो ।

उक्त समारोहमा प्रशिक्षार्थीहरुले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन, स्याण्ड मोडल बिफ्रिङ, हतियार खोलजोड डेमोन्स्ट्रेसन, बाधापार डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए ।

समारोहमा जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]