(रोशन कुमार निधी)
पर्सा । बिरगंज महानगरपालिकामा पहिलो पल्ट ३५ लाखकाे लगानीमा ब्यूटिपार्लर सञ्चालनमा आएको छ।
शुक्रबार वीरगञ्ज वडा-८ लिंकरोडमा द बियड शप लेडिज ब्युटी पार्लर शप नाम गरेको लेडि ब्यूटी पार्लरको उदघाटन प्रतिनिधि सभा सदस्य बिना जैसवाल द्वारा सम्पन्न गरिएको थियाे ।
स्वदेशी श्रममा अधुनिक प्राविधिकबाट सेवा ग्राहिलाई सेवा प्रदान गर्ने द बियड शप लेडिज ब्युटी पार्लर का संचालक रिसाल गुप्ताले जानकारी दिनुभएको हाे।
गुप्ताले स्थानीय जनशक्तिलाई विदेशीनुबाट रोकन र स्वदेशमै रोजगार शृजन गर्न यो पार्लरले ठूलो भुमिका खेल्नेपनि बताएका छन। साथै ठूलो लगानीमा नयाँ प्रविधिबाट संचालनमा आएको हुँदा वीरगञ्ज आसपास क्षेत्रका दिदि बहिनी एक पल्ट सेवाको मौका दिन हुन आग्रह समेत गरेका थिए।