२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

निवर्तमान आईजिपी सिंहले हालको आईजिपी कुवरलाई सरुवा बढुवामा रोकटोक

Logo
प्रकाशित शनिबार, बैशाख ०९, २०८०

ABC (क्राईमबिट) काठमाडौं । १० चैतमा सरकारले बसन्त बहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आईजी) नियुक्त गर्यो । निवर्तमान आईजी धिरज प्रताप सिंहले आफ्नो उत्तराधिकारीको रुपमा अगाडि ल्याएका अधिकृत हुन् कुँवर । त्यसैले कुँवर आईजी हुनुको श्रेय थोरै भएपनि सिंहलाई जान्छ ।

बढुवामा अगाडि ल्याएर कुँवरलाई आईजी बनाउन खोज्नु सिंहको चातुर्यता मात्र नभएर स्वार्थ पनि रहेको अहिले आएर खुलेको छ । उनै निवर्तमान आईजी सिंहले भित्रभित्रै दबाब दिएर प्रहरीको बढुवामा हस्तक्षेप गर्न खोजेका छन् । आईजी कुँवरलाई पेलेर जाने रणनीतिमा सिंह रहेको बुझिएको छ ।

प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवामा आफ्नो लबिइङ नपुगेपछि सिंहले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा हस्तक्षेप गर्न खोजेको स्रोत बताउँछ । ‘मैले तिमी (बसन्त) लाई आईजी बनाएको हो । त्यसैले मैले सिफारिस गरेको मान्छेहरु जसरी पनि एसएसपी हुनुपर्छ भन्दै दबाब दिएका छन्,’ स्रोतले भन्यो ।

एसएसपी बढुवामा १६ रिक्त पदको लागि दुई दर्जन प्रहरी उपरीक्षक (एसपी)हरु प्रतिस्पर्धामा छन् । जसमा सिंहले जसरी पनि मैले भनेको एसपीहरुलाई बढुवा गर्नुपर्ने भन्दै एसपीहरुको नाम लिस्ट समेत आईजी कुँवरलाई बुझाएको स्रोतले बतायो । जसले गर्दा हालका आईजी कुँवर सिंहको अगाडि कमजोर जस्तै बनेका छन् ।
त्यस्तै स्रोतका अनुसार पूर्वआईजी सिंहले आफूसँग राम्रो सम्बन्ध नभएका एसपीहरुलाई बढुवा नगर्न भन्दै पनि नाम लिस्ट बुझाएका छन् । यसरी संगठनलाई नै कमजोर बनाउने गरी हस्तक्षेप गरेका सिंहको अगाडि कुँवर झुक्लान् या कठोर होलान् ? त्यो हेर्न बाँकी छ ।

हुनपनि संगठनका अधिकांश एसपीहरु सिंहसँग रुष्ट छन् । कतिपय प्रहरी अधिकृतहरु सिंह संगठन प्रमुख हुँदा सँधै पेलानमा परे र रुष्ट बने । उनीहरुलाई बढुवामा जसरी पनि छुटाउन भन्दै सिंहले आईजी कुँवरलाई पेलेका छन् । जसकारण एसएसपी बढुवामा समस्या हुने देखिएको छ ।

सिंहले आफ्नो एकवर्षे आईजीको कार्यकालमा अब्बल प्रहरी अधिकृतको पहिचान बनाएका राम्रा राम्रा प्रहरीलाई छान्दै सधैं पछाडि पारे । बढुवामा मात्र नभएर सरुवामा समेत उनले धेरै प्रहरी कर्मचारीमाथि शोषण गरे । जसकारण उनको कार्यकालमा संगठनमा कुनै उपलब्धीमूलक काम हुन सकेन ।

त्यतिमात्र नभएर उनको कार्यकालमा प्रहरी संगठन अस्तव्यस्त बनेको आरोप छ । आफ्नो मान्छेहरुलाई आकषर्ण ठाउँमा सरुवा गर्नेदेखि कनिष्ठ प्रहरी अधिकृतलाई बढुवा गर्नेसम्मको काम उनको कार्यकालमा भयो । जसले गर्दा उनको आलोचना समेत भएको थियो । तर, उनीविरुद्ध कसैले बोल्ने आँट गरेनन् ।

संगठन प्रमुख हुँदा बिचौलियासँग मिलेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका सिंहले अहिले बिचौलियाहरुमार्फत नै बढुवामा हस्तक्षेप गर्न खोजेका हुन् । आफूले खेलाएको बिचौलियालाई हालका आईजीसँग समेत हिमचिम बढाउन सिंह लागिपरेका छन् । तर, आईजी कुँवरले बिचौलियाहरु कसैसँग पनि संगत नगर्ने बताएका छन् ।

त्यसैले वर्तमान आईजी कुँवरलाई पूर्वआईजी सिंह ठूलो समस्याको रुपमा देखा परेका छन् । सिंहले आफू रिटायर्ड भएपछि पनि संगठन चलाउन खोज्नेगरी कुँवरलाई उपयुक्त पात्र छानेर अगाडि ल्याएका थिए । त्यही भएर उनले कुनैपनि निर्णय गर्नुअघि आफूलाई सोध्न भन्दै दबाब समेत दिने गरेका छन् ।

तर, आईजी कुँवर उनकै बाटोमा हिँड्छन् या हिँड्दैनन् त्यो समयले बताउला । आईजी भएपछि पूर्वआईजीहरुको सबैको कुरा मान्नैपर्छ भनेर छैन । त्यसैले आईजी कुँवर सिंहको विवादित बाटोलाई समातेर होइन, नयाँ बाटोबाट अगाडि बढ्नुपर्ने अधिकांश प्रहरी अधिकृतहरुको गुनासो छ ।अनलाईन-न्युज 7

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]