२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

सर्लाही प्रहरीले लागूऔषध सहित बसका सहचालक पक्राउ

Logo
प्रकाशित शनिबार, बैशाख ३०, २०८०

ABC (क्राईमबिट) सर्लाही । प्रहरीले सीमावर्ती क्षेत्रबाट काठमाडौं जाँदै गरेको एक यात्रुबाहक बसका सहचालक र सहयोगीको साथबाट ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ ।
भारतीय सीमावर्ती गाउँ मधुवनबाट काठमाडौंका लागि छुटेको वाग्मती प्रदेश ०६–००१ ख ०००३ नम्बरको यात्रुबाहक बसका सहचालक गोडैता नगरपालिका–११ का २२ वर्षीय अजय सहनी र गोडैता–८ का सहयोगी ३२ वर्षीय ताजबाबु दर्जीको साथबाट ठूलो मात्रामा लागूऔषध बरामद भएको हो ।
बिहीबार राति काठमाडौं जाँदै गरेको बस बरहथवामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले जाँच गर्नेक्रममा सहचालक सहनीले बोकेको झोलाबाट कोडवेल कफ सिरप ८९ थान, नोफिन लेखिएको ९१ एम्पुल, डाइजेपाम ९१ एम्पुल, फेनरागन ९२ एम्पुल, नाइट्राभेट २० पत्ता, नाइटजाकेयर ९० पत्ता बरामद भएको छ । यस्तै, सहयोगी दर्जीले बोकेको झोलाबाट कोडवेल कफ सिरप ९८ थान बरमद भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक मिश्रले सहचालक र सहयोगी दुवैले झोला बोकेको देखेपछि शंका लागेर जाँच गरिएको जानकारी दिए । प्रहरीको चेकिङबाट बच्न उनीहरु आफैंले झोला बोकेका थिए । पक्राउ परेका सहचालक र सहयोगीले लागूऔषध काठमाडौं लान थालेको प्रहरी समक्ष बयान दिएका छन् । लगानीको पाँच गुणादेखि १० गुणा मुनाफा हुनेभएपछि प्रहरीको आँखा छलेर कतिपयले यसको व्यापारमा नै लागेका छन् भने कतिपय प्रहरीको सेटिङमा लागूऔषध काठमाडौं लगायतका सहरमा पुर्‍याउने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]