०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

नेपाल प्रहरीको भर्ती अब सम्बन्धित जिल्लाबाटै व्यवस्था गर्न माग

Logo
प्रकाशित मंगलबार, जेठ ०२, २०८०

(ABC-Sanchar) काठमाडौँ । काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

मङ्गलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले प्रहरीको भर्तीका लागि अन्तर्वार्ता काठमाडौँमा गर्नेगरी बोलाइएको भन्दै आपत्ति जनाएका हुन् ।

केही दिनपछि हुने प्रहरी जवानको अन्तर्वार्ताका लागि काठमाडौँ बोलाइनुको औचित्य सरकारले पुष्टि गर्नुपर्ने उनको भनाइ छ । दुर्गम जिल्लाबाट आउने नागरिकलाई ऋणको भारी बोकाउनु नहुने सांसद बडूको भनाइ छ ।

‘अब दुई, तीन दिनपछि नेपाल प्रहरीको भर्तीका लागि अन्तर्वार्ता भइरहेको छ । प्रहरी जवानहरूको पनि छनोट हुने गर्छ, कार्यालय सहयोगीदेखि लिएर सानो पोस्टको अन्तर्वार्ता भइरहेको छ, त्यसले ठूलो भीड काठमाडौँमा भइरहेको छ, प्रहरी जवानको भर्ना जिल्ला जिल्लामा गर्नुपर्छ, अहिलेसम्म उनीहरूले प्रदेशमा गरेर आफ्नो आफ्नो तर अन्तर्वार्ताका लागि काठमाडौँ सबैलाई बोलाइयो । पहिला त हाम्रो जस्तो दुर्गम जिल्लाहरू सदरमुकाममा आउँदा त ऋण निकालेर आउँछन्, ठूलो बोझ पर्छ आर्थिक रूपमा अन्तर्वार्ताका लागि काठमाडौं बोलाउने कुरा अब हुनु हुँदैन,उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!