१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

नागरिक उन्मुक्ति पार्टीको जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्दको घोषणा

Logo
प्रकाशित बुधबार, जेठ ०३, २०८०


(ABC-Sanchar)
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाले यही जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ।
पार्टीका संरक्षक रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेको विरोधमा नाउपाले नेपाल बन्द लगायत कार्यक्रम गर्ने तयारी गरेको पार्टीका बरिष्ठ उपाध्यक्ष दामाेदार पण्डितले बताए ।

यसबारे नाउपाले प्रेसविज्ञप्ति मार्फत जानकारी दिएकाे छ।
विज्ञप्तिका अनुसार सरकारले लाल आयोगको प्रतिवेदन सार्वजानिक नगरे जेठको ३, ४ र ५ गते देशव्यापी राँके जुलुस प्रदर्शन, कोण सभा गर्ने र जेठ
६ गतेदेखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेकाे छ।

पार्टीका संरक्षक चौधरीलाई रिहा गर्नुपर्ने मुख्य सर्त नाउपाको छ। त्यसको लागि नाउपाकै पहलमा कानुन संशोधनका लागि विधेयक संसद्मा पेस गरिएको थियो। तर मंगलबार सर्वोच्च अदालतले उच्च अदालतकै आदेश सदर गरेपछि त्यो बाटो पनि बन्द भएको छ।

त्यस पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छन्। उनी रेशमकी पत्नी हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!