०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

कपिलवस्तुमा वडा अध्यक्षले २० बर्षीय युवातीलाई बेपत्ता पारेको आरोप

Logo
प्रकाशित बुधबार, जेठ ०३, २०८०


ABC (क्राईमबिट)
कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नम्बर १२ वडा अध्यक्ष प्रहलाद प्रसाद यादवले युवातीलाई भारतमा बेपत्ता पारेको आरोप लागेको हो । कृष्णनगर १२ भगवानपुर बस्ने मोहम्मद रइसले छोरीलाई बेचबिखन मनसायले भारतमा बेपत्ता पारिएको भन्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा निदेवन दिएका छन् । गत बैशाख २९ प्रहरीमा निवेदन परेको हो । गत बैशाख २४ गते यो घटना घटेको जनाइएको छ ।

वडा अध्यक्षको संरक्षणमा ज्ञानशिला कोरी, मोहम्मद रफिक खाँ र अमिरल्ला खाँले विभिन्न लोभ, प्रलोभनमा पारि भारतमा बेचबिखन गरेको आरोप लागेको छ ।

ज्ञानशिला कोरीले छोरीलाई ललाईफकाई भारतको बैरिहवा बस्ने अलि हसन कुजडासँग सम्पर्क गराएको निवेदनमा उल्लेख गरिएको छ । भगवानपुरमा एक आँपको बगैचाको ठेक्का लिई काम गर्दै आएका कुजडाले छोरीलाई भारतमा लगेको निवेदक मोहम्मद रइसले बताए । निवेदक मोहम्मद रइसले छोरीलाई अनैतिक धन्धामा लगाउनुको साथै ज्यानसमेत खतरा रहेकोले कसुरदारहरुलाई पक्राउ गरि छोरीलाई उपस्थित गराई कारवाहीको माग गरेको बताए ।

स्थानीयले आरोपी अलि हसन कुजरासँग लामो समयदेखि माया बसेको बताउँछन् । उनी सहमतिमा कुजडासँग मोहम्मद रइसको छोरी भारतमा भागेर गएको स्थानीयले जनाएका छन् । बेपत्ता किशोरीको भारत सिमा नजिकै बेलभरिया गाउँमा उनको बिहेसमेत भएको स्रोतले जानकारी दिएको छ । कुजडासँग माया बसेपछि आफ्नो घरमा बस्न नमानेको स्रोतको भनाइ । उनी अहिले माइती घरमै रहेको बताइएको छ ।

यता इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले छोरीलाई बेपत्ता पारिएको भन्ने विषयमा खोज अनुसन्धान भइरहेको बताए । उनले पति–पत्नी बीच मनमुटाव भएपछि पत्नी पतिसँग बस्न नमानेको बताए । प्रहरी निरीक्षक ढुंगानाले बेचबिखनको घटना नभएको बताउँदै आपसी पारिवारिक विवादित विषय भएको दावी गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!