२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

बागमती प्रदेश सरकारले घटायो सवारी साधनको भाडादर

Logo
प्रकाशित बिहिबार, जेठ ११, २०८०


(ABC-Sanchar)
काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभर चल्ने सार्वजनिक सवारी साधानको भाडा समायोजन गरेको छ।

पेट्रोलियम पदार्थको मूल्य घटेपछि प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा दर घटाउने निर्णय गरेको हो ।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारी साधनको भाडादर घटाएको छ।

मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बुधबार बसेको भाडा निर्धारण/समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार आज राजपत्रमा प्रकाशित भएपछि घटाइएको भाडादर लागू हुनेछ। काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा आजबाट लागू हुने गरी ५ं दशमलव ९ प्रतिशत घट्ने छ।

यस्तै बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९ र यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले भाडा दर घटाउने निर्णय गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]