ABC (क्राईमबिट)
पर्सा । प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै उनीहरुको आफन्तसँग पैसा ठगेको अभियोगमा पक्राउ परेका व्यक्तिको मुद्दालाई पर्सा प्रहरीले कमजोर बनाउन खोजेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला अदालत तथा सरकारी वकिलको कार्यालयको नाममा पैसा असूल गरेको अभियोगमा पक्राउ परेका मनिष यादव र फारुख मियाँको मुद्दालाई प्रहरीले कमजोर बनाउन खोजेको आरोप लागेको हो ।
स्रोतकाअनुसार मनिष र फारुखको पर्सा प्रहरीका अधिकृतिहरुसँग राम्रो चिनजान कारण उनीहरुविरुद्ध ठगी मुद्दा नचलाइ साधारण अभद्र व्यवहारको मुद्दा चलाएर छिटो उन्मुक्ति दिन खोजिएको छ । वीरगञ्जमा अहिले यस विषयले निकै चर्चा पाएको छ ।गत वैशाख २६ गते पर्साको विन्दवासिनी गाउँपालिका – ५ प्रसौनीभाठाबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित पक्राउ परेका भारतीय नागरिक धनञ्जयकुमार गुप्ता र मुसाहेब आलमलाई छुटाई दिन्छु भन्दै मनिष र फारुखले उनीहरुको परिवारसँग ३ लाख ४० हजार रुपैयाँ लिएका थिए । हुण्डी कारोबारी भएको आरोपमा पक्राउ परेका धनञ्जय र मुसाहेबलाई छुटाई दिन्छु भन्दै मनिष र फारुखले उक्त रकम लिएको पुष्टि पनि भइसकेको छ ।
यद्यपि उनीहरु नछुटेपछि परिवारका सदस्यले गत साता पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमलविक्रम शाहलाई यस बारेमा जानकारी गराएका थिए । जानकारी पाउनसाथ एसपी शाहले मनिष र फारुखलाई नियन्त्रणमा लिन आदेश दिए । प्रहरीले उनीहरुलाई पक्राउ गरेपनि ठगी मुद्दा नचलाएर अभद्र व्यवहारको मुद्दा चलाएको छ । यसअघि सोही प्रकृतिका कसूरमा पक्रउ परेकामाथि ठगी मुद्दा चलाएपनि पर्सा प्रहरीले यहाँ अभद्र मुद्दा चलाउनुलाई शङ्कास्पद रुपमा देखिएको छ ।
अपराधी छुटाइदिन्छु भन्दै प्रहरी र सरकारी वकिलको नाममा पैसा असूल गर्नेमाथि सङ्गठित अपराध र आर्थिक लाभविरुद्धको मुद्दा चलाउनु पर्ने प्रहरीका एक पूर्व अधिकृत बताउँछन् । यद्यपि प्रहरीले यहाँ मनिष र फारुखलाई जोगाउन अभद्र व्यवहारको मुद्दा चलाएको हुनसक्ने उनको भनाई छ ।
मनिष र फारुखले धनञ्जय र मुसाहेबको परिवारसँग रकम लिएको कुनै प्रमाण नभेटिएको कारण ठगी मुद्दा चलाउने आधार नदेखिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए । ‘ प्रहरीमा पैसा लिएको भनेर लिखित अथवा मौखिक उजुरी नपरेको कारण अभद्र व्यवहार मुद्दा दर्ता गरेर अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी गराउनु भएको छ। साथै ‘अनुसन्धानका क्रममा पैसा लिएको प्रमानित भएमा थप अरु मुद्दा चलाउछौ । स्रोतकाअनुसार प्रहरीमा उजुरी परेपछि मनिष र फारुखले गत विहिबारनै धनञ्जयको परिवारलाई पैसा फिर्ता गरिसकेका छन् ।
धनञ्जय र मुसाहेब बारे सूचना दिनेपनि मनिष र फारुखनै रहको प्रहरी स्रोतले दावी गरेको छ । उनीहरुले लामो समयदेखि यसरीनै प्रहरीलाई विभिन्न व्यक्तिका बारेमा प्रहरीलाई सूचना दिने र पछि पक्राउ परेका व्यक्तिका परिवारका सदस्यसँग पैसा लिएर मुद्दा मिलाउने धन्दा गर्दै आएका छन् । उनीहरुले पर्सा प्रहरीको मुद्दा शाखाका केही अधिकारीहरुलाई प्रभावमा पारेर यस्तो गर्दै आएका छन् ।यता, धनञ्जय र मुसाहेब हुण्डी कारोबारी नभएको उनीहरुका पारिवारका सदस्यको दावी छ । प्रहरीले बरामद गरेको रकम जग्गा विक्रीबाट आएको उनीहरुको भनाई रहेको थियो । पोखरिया नगरपालिका नाे .वडा –४ निवासी नीलमदेवी कलावरले प्रहरीले जफत गरेको रकम वीरगञ्ज महानगरपालिकाको रामगढवास्थित जग्गा विक्री गरेर राखेको रकम बताईन् । उनले आफूसँग जग्गा विक्री गरेको सम्पूर्ण प्रमाण समेत रहेको जानकारी गराएका छन ।
पति मानसिक रुपले असक्त रहेको र उनको उपचारका लागि भाइ पर्ने धनञ्जय र मुसाहेबसँग जग्गा विक्री गर्न सहयोग लिएको निलमदेवीको भनाई रहेको थियोे । जग्गा विक्रीबाट आएको रकमलाई प्रहरीले जफत गरेर हुण्डी कारोबारी भएको उनले दु:खेसो पोखेकिछिन।
पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका धोरे निवासी अन्दाजी बर्ष का३० मनीष यादव नेकपा एमाले निकट राष्ट्रिय युवा संघमा आबद्ध रहेका छ्न । राजनीतिक दलमा आबद्ध भएको कारण उनको यहाँको प्रहरी र प्रशासनका व्यक्तिहरुसँग नियमित उठबस हुन्छ । उठबसका क्रममा खिचेका तस्विर र भिडियो मनिषले समाजिक सञ्जाल फेसबूक र टिकटकमा पनि राख्ने गरेकाे पाईएकाे छ। उनको सामाजिक सञ्जाल हेर्दा यो प्रष्ट हुन्छ । प्रहरीका उच्च अधिकारी र राजनीतकर्मीसँगको उठबसलाई आधार बनाएर उनले प्रहरीलाई विभिन्न व्यक्तिको बारेमा सुराकी दिने र पछि मुद्दा मिलाइ दिन्छु भन्दै उनिहरुको परिवारसँग रकम वसुलि गर्ने धन्धा चलाउँदै आएकाे छ ।