२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

झापामा सशस्त्र डिआईजी अञ्जनीकुमार पोख्रेलको गुमुवा इन्स्पेक्टर राईले आतंक मचाउदै

Logo
प्रकाशित बिहिबार, जेठ ३२, २०८०

ABC (क्राईमबिट)

झापा । सादा पोशाकमा घुमुवाको रुपमा खटिएका सशस्त्र प्रहरीका निरीक्षकले सशस्त्र प्रहरीकै हवल्दार तथा जवानलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।

झापाको सीमावर्ती क्षेत्र नकलबन्दामा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका हवल्दार तथा जवानलाई सशस्त्र प्रहरीको बराह बाहिनी पकलीबाट घुमुवाको रुपमा खटिएका प्रहरी निरीक्षक नभप्रभात राईले पानीमा डुबाउँदै भाटैभाटाले हानेको घटना सार्वजनिक भएको हो ।

कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी घाइते भएका छन् । उनीहरुको मेचीनगरको मेची आम्दा अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी निरीक्षक राईको नेतृत्वमा तीन जना खटिएका थिए । राईले ड्युटीमा खटिएका हवल्दार तथा जवानलाई निर्घात कुटपिट गर्न थालेपछि भेला भएका स्थानीयबासीले निरीक्षक राई तथा उनको टोलीलाई कारबाहीको माग गर्दै नाराबाजीसमेत गरेका थिए ।

बराह बाहिनी पकलीका प्रमुख प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]