२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

४ वर्षीया बालिकालाई निदाए पछी बिद्यालयको काेठा भित्र ताला लगाएर थुनिए

Logo
प्रकाशित शनिबार, आषाढ १६, २०८०

 

(ABC-Sanchar)

सल्यान । बागचाैर नगरपालिका वडा नम्बर १० भाट्भिटे निवासी पवनराज केसीकी ४ वर्षकी छाेरी सिमा केसीले गाउँमै रहेकाे सरस्वती नमूना आधारभुत विद्यालयमा कक्षा १ मा पढ्छिन् । सधैजस्तै उनि मंगलवार पनि स्कुल गएकी थिइन् । साे दिन उक्त स्कुलमा दिउँसाे साढे २ बजेसम्म पढाइ भयाे र साढे २ बजे बिदा भयाे ।

स्कुल बिदा भएपछि सबै विद्यार्थी घर गए । ४ वर्षीया सिमा केसी भने कक्षाकाेठा भित्रै निदाएर सुतेकी रैछिन् । शिक्षकहरुले सबै कक्षा काेठा ताला लगाएर घरतर्फ गए । साँझ अवेरसम्म छाेरी घर नआएपछि पनवराजले छाेरीकाे खाेजीकार्य गरे ।

पवनराजले जिल्ला प्रशासन कार्यालय फाेन गरे र प्रहरी सहित साँझ ६ बजे स्कुल पुगे । स्कुल पुग्दा ४ वर्षीया सिमा कक्षा काेठाभित्र राेइ कराइरहेकाे अवस्थामा सुनियाे । घर जाने समयमा करिब साढे ३ घण्टासम्म काेठाभित्र थुनिएपछि सिमाका बुबा पवनराज स्कुलकाे चरम लापरबाही भएकाे भन्दै आक्राेश व्यक्त गरेका छन् ।

उनले भने, ‘एउटा अवाेध बालिकालाइ यसरी घण्टाैंसम्म कक्षाकाेठाभित्र थुन्दा कस्ताे मानसिकता हुन्छ ?’ स्कुल बिदा हुँदा आफ्नी छाेरी कक्षाकाेठा सुतेकाे अवस्था भएपनी बाहिर ढाेकामा चप्पल भएकाे तर ती चप्पलकाे समेत ख्याल नगरेर शिक्षकहरुले ताला लगाइदिएकाे उनले बताए ।

साे स्कुलमा यसभन्दा पहिला पनि यस्तै खालका अन्य दुइवटा घटना भएकाे र अझैपनि विद्यालयले लापरबाही गर्ने गरेकाे उनकाे भनाइ छ । यता विद्यालयले भने भुलबस त्यस्ताे भएकाे प्रतिकृया दिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]