२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

लालबकैया जलाधारको धेरै स्थानमा ३ घण्टामा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान

Logo
प्रकाशित आइतबार, आषाढ १७, २०८०

 

(नन्द किशोर कुर्मी)

कपिलवस्तु । विजयनगर लालबकैया जलाधारको धेरै स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्षेत्रमा थप वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

लालबकैया नदी र सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्छ, तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले बेलुकासम्मै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

त्यस्तै आज इलाम, झापा, पाँचथर, संखवासभा, मकवानपुर, बारा, रौतहट ,पर्सा र आसपास भई बहने केही स(साना नदीहरूमा जलसतह बढ्ने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने महाशाखाको पूर्वानुमान छ । यी जिल्लाहरूका तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुर्ई स्थानमा हल्का वर्षा भइरहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]