२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

बसको ब्रेक फेल हुँदा टिप्परमा बस ठोक्कीदा १७ जना घाइते

Logo
प्रकाशित मंगलबार, साउन ०९, २०८०

 

(ABC-Sanchar)

दाङ । घोराही लमही सडक अन्तर्गत बेलदमारमा टिप्परमा बस ठोक्कीदा १७ जना घाइते भएका छन् । घाइते हुनेमा राजपुर गाउँपािलका–७ लैबरूवा बस्ने बर्ष ५० की रिता बिक, भारतको मध्ये प्रदेश शिवाजी नगर बस्ने बर्ष २७ को शनि बिष्ट, तुलसीपुर – १६ बस्ने बर्ष ४२ को हेम बहादुर बस्नेत, गढवा गाउँपालिका –४ बस्ने बर्ष ३१ को शम्भु चौधरी, रोल्पाको रुन्टिगढी गाउँपालिका– ६ बस्ने बर्ष ५२ को ईन्द्र सिंह घर्तीमगर, राप्ती गाउँपालिका– ५ बस्ने बर्ष २६ की प्रमिला चौधरी, घोराही उपमहानगरपालिका– १४ बस्ने बर्ष २८ की जुन माया परियार की छोरी बर्ष ५ की एसिका परियार, सोही ठाउँ निवासी १७ की खुसी परियार, घोराही उपमहानगरपालिका– १४ बस्ने बर्ष ४६ की रामकली बिक, घोराही – ४ बस्ने बर्ष १९ की हिरा बुढामगर, तुलसीपुर – १३ बस्ने बर्ष ७७ को बिजुली बहादुर घर्तीमगर, लमही नगरपालिका– ९ बस्ने बर्ष ३० को ओवीराम कुमाल, घोरारी – ७ बस्ने बर्ष ४६ की कल्पना थापा, राजपुर गाउँपालिका– ७ बस्ने बर्ष ६७ की भद्रिकला घर्तीमगर, सोही ठाउँ निवासी बर्ष २१ को ज्ञानेन्द्र घर्तीमगर, राप्ती गाउँपालिका– १ बस्ने बर्ष ३८ को सागर बुढाथोकी र बर्दिया बाँसगढी नगरपालिका– ४ बस्ने बर्ष ३३ को हिरालाल अधिकारी रहेको प्रहरीले बताएको छ । घाइते हरुको लमहीमा उपचार भइरहेको छ ।

लमहीबाट घोराही तर्फ जाँदै गरेको रा. १ ख. २०१७ नम्बरको बालुवा बोकेको टिप्परमा बिपरित दिशाबाट जादै गरेको ग.१ख.९९७८ नं. को यात्रुक बाहक बस ब्रेक फेल भई ठोक्किन जाँदा उक्त दुर्घटना भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

error: Content is protected !!