२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

धनकुटामा ३० महिनामा बित्दा पनि सञ्चालनमा आएन आइसियू

Logo
प्रकाशित शनिबार, साउन १३, २०८०

(ABC-Sanchar)

धनकुटा । दोस्रो लहरको कोरोना बढ्दै गर्दा २०७७ सालको फागुनमा जिल्ला अस्पताल धनकुटाले कोरोना सुरक्षा कोषको करिब दुई करोड रुपियाँ खर्चेर आइसियू र भेन्टिलेटर सञ्चालन गरेको थियो ।

४ वटा आइसियूसहित १० वेडको आइसियू कक्ष निर्माण गरेको छ । तर निर्माण गरेको करिब ३० महिना बित्दा पनि सो कक्ष सञ्चालनमा आउन सकेको छैन । आइसियू कक्ष सञ्चालन नहुँदा त्यहाँ रहेका आधुनिक उपकरण अलपत्र मात्र परेको छैन, जिर्ण समेत बन्दै गइरहेको छ ।

जनशक्ति अभावकै कारण सञ्चालन नहुँदा गम्भीर प्रकृृति वा अवस्थाका विरामीले भेन्टिलेटरको सेवा लिन पाएका छैनन् । भेन्टिलेटर र आइसियू सञ्चालनका लागि कम्तिमा एक–एक जना फिजीसियन र एनएसथिसियोजोजिस्टसहित थप कर्मचारीको आबश्यक पर्छ । आइसियू र भेन्टीलेटर जिल्लाका लागि अत्याबश्यक भए पनि आबश्यक कर्मचारी नहुँदा सञ्चालन गर्न नसकिएको जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमिताब ठाकुरको भनाइ छ ।

“प्रबिधि छ, उपकरण छ, आबश्यक पनि छ तर सञ्चालन गर्ने जनशक्ति छैन । सबै कुरो भएर पनि जनशक्ति नहुँदा कस्ता अबस्था हुन्छ भन्ने उदाहरण बन्दैगएको छ, जिल्ला अस्पताल धनकुटामा । जनशक्ति अभाबकै कारण स्थापना गरिएको ३० महिना बित्दा पनि आइसियूसहितको भेन्टिलेटर मेसिन प्रयोगमा आउन सकेको छैन ।

“धनकुटामा बिरामीको चाप बढ्दो छ आइसियू र भेन्टिलेटर आबश्यक पनि छ । सो प्रबिधि पनि छ, तर सञ्चालन गर्ने जनशक्ति नहुँदा सञ्चालन गर्न सकिएको छैन” डा. ठाकुरले भन्नुभयो । सुरुमा भेन्टिलेटर र आइसियूको लागि स्थान अभाब थियो । तर पछि आइसियू सेवा सञ्चालन गर्न जिल्ला स्वास्थ्य कार्यालयको भवनमा अस्पतालको केही सेवासहितको प्रशासनिक फाँट सारेर खाली भएको स्थानमा भेन्टिलेटरसहितको आइसियू वेडका लागि आवश्यक उपकरण जडान गरिएको छ ।

जडान गरिएको आइसियू सेवा सञ्चालन गर्न पटक–पटक पहल भएको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ्गले जानकारी दिनुभयो । “हामिले पटक पटक पहल गरे पनि सुनुवाइ भएन, अहिले पनि हामी कर्मचारीको लागि ताकेता गरिरहेको छौ” तामाङले भन्नुभयो । त्यसो त सुरुमै पुर्बाधार र प्राबिधिकको तय नगरी प्रबिधि पढाउँदा समस्या भएको उहाँको दाबी छ ।

सो कक्ष सञ्चालनमा नआउदा विरामीहरु धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको बिराट नर्सिङहोम र नोवेल शिक्षण अस्पताललगायतका स्वास्थ्य संस्था धाउनुपर्ने वाध्यता छ । आइसियूसहितको भेन्टिलेटर सञ्चालन हुँदा गम्भीर प्रकृतिका विरामीले धनकुटामै सहजै उपचार पाउन अस्पताल ब्यबस्थापन समितिका पूर्ब अध्यक्ष सुनिल डंगोलको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]