०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

धनकुटामा ३० महिनामा बित्दा पनि सञ्चालनमा आएन आइसियू

Logo
प्रकाशित शनिबार, साउन १३, २०८०

(ABC-Sanchar)

धनकुटा । दोस्रो लहरको कोरोना बढ्दै गर्दा २०७७ सालको फागुनमा जिल्ला अस्पताल धनकुटाले कोरोना सुरक्षा कोषको करिब दुई करोड रुपियाँ खर्चेर आइसियू र भेन्टिलेटर सञ्चालन गरेको थियो ।

४ वटा आइसियूसहित १० वेडको आइसियू कक्ष निर्माण गरेको छ । तर निर्माण गरेको करिब ३० महिना बित्दा पनि सो कक्ष सञ्चालनमा आउन सकेको छैन । आइसियू कक्ष सञ्चालन नहुँदा त्यहाँ रहेका आधुनिक उपकरण अलपत्र मात्र परेको छैन, जिर्ण समेत बन्दै गइरहेको छ ।

जनशक्ति अभावकै कारण सञ्चालन नहुँदा गम्भीर प्रकृृति वा अवस्थाका विरामीले भेन्टिलेटरको सेवा लिन पाएका छैनन् । भेन्टिलेटर र आइसियू सञ्चालनका लागि कम्तिमा एक–एक जना फिजीसियन र एनएसथिसियोजोजिस्टसहित थप कर्मचारीको आबश्यक पर्छ । आइसियू र भेन्टीलेटर जिल्लाका लागि अत्याबश्यक भए पनि आबश्यक कर्मचारी नहुँदा सञ्चालन गर्न नसकिएको जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमिताब ठाकुरको भनाइ छ ।

“प्रबिधि छ, उपकरण छ, आबश्यक पनि छ तर सञ्चालन गर्ने जनशक्ति छैन । सबै कुरो भएर पनि जनशक्ति नहुँदा कस्ता अबस्था हुन्छ भन्ने उदाहरण बन्दैगएको छ, जिल्ला अस्पताल धनकुटामा । जनशक्ति अभाबकै कारण स्थापना गरिएको ३० महिना बित्दा पनि आइसियूसहितको भेन्टिलेटर मेसिन प्रयोगमा आउन सकेको छैन ।

“धनकुटामा बिरामीको चाप बढ्दो छ आइसियू र भेन्टिलेटर आबश्यक पनि छ । सो प्रबिधि पनि छ, तर सञ्चालन गर्ने जनशक्ति नहुँदा सञ्चालन गर्न सकिएको छैन” डा. ठाकुरले भन्नुभयो । सुरुमा भेन्टिलेटर र आइसियूको लागि स्थान अभाब थियो । तर पछि आइसियू सेवा सञ्चालन गर्न जिल्ला स्वास्थ्य कार्यालयको भवनमा अस्पतालको केही सेवासहितको प्रशासनिक फाँट सारेर खाली भएको स्थानमा भेन्टिलेटरसहितको आइसियू वेडका लागि आवश्यक उपकरण जडान गरिएको छ ।

जडान गरिएको आइसियू सेवा सञ्चालन गर्न पटक–पटक पहल भएको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ्गले जानकारी दिनुभयो । “हामिले पटक पटक पहल गरे पनि सुनुवाइ भएन, अहिले पनि हामी कर्मचारीको लागि ताकेता गरिरहेको छौ” तामाङले भन्नुभयो । त्यसो त सुरुमै पुर्बाधार र प्राबिधिकको तय नगरी प्रबिधि पढाउँदा समस्या भएको उहाँको दाबी छ ।

सो कक्ष सञ्चालनमा नआउदा विरामीहरु धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको बिराट नर्सिङहोम र नोवेल शिक्षण अस्पताललगायतका स्वास्थ्य संस्था धाउनुपर्ने वाध्यता छ । आइसियूसहितको भेन्टिलेटर सञ्चालन हुँदा गम्भीर प्रकृतिका विरामीले धनकुटामै सहजै उपचार पाउन अस्पताल ब्यबस्थापन समितिका पूर्ब अध्यक्ष सुनिल डंगोलको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ। सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न […]

  काठमाडौं । पाकिस्तान पञ्जाब प्रान्तमा बुधवार बिहानदेखि परेको मुसलधारे वर्षापछि भएको विपत्तिमा परी बिहीबारसम्म ६३ जनाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले अधिकांश मानिसहरू घर भत्किँदा थिचिएर मारिएका छन्। केही मानिसहरूको डुबेर र करेन्ट लागेर पनि मृत्यु भएको बताइएको छ । विपद्का घटनामा परी २९० जना घाइते भएको बिबिसीले […]

error: Content is protected !!