२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

दाङ प्रहरीले चेकजाँचको क्रममा १७ किलो सुकुटी सहित ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन १५, २०८०

ABC (क्राईमबिट)
दाङ । घोराही उपमहानगरपालिका ३ कुईरेपानी जंगलको बाटोमा आवत जावत गर्ने सवारी साधनहरुलाई रोकी जाँच गर्ने क्रममा सुकुटी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । लमहीदेखि घोराही तर्फ आउँदै गरेको रा २ प ६१९५ नम्बरको मोटरसाईकल र संँगै रहेको बा ९१ प ११०७ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल पछाडी सवार करण केसीले प्लाष्टिकको जेब्रा झोलामा चितलको मासु जस्तो देखिने सुकुटी जन्य पदार्थ फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

१७ किलो रहेको उक्त सुकुटी जस्तो पदार्थ बोकी ल्याउने लमही नगरपालिका ६ बस्ने बर्ष ४५ को नुरबहादुर कुमाल, गढवा गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३० का मनोज थापा मगर र गढवा ६ कै ३१ वर्षका करण केसीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय घोराही दाङमा बुझाईएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!