२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङ प्रहरीले चेकजाँचको क्रममा १७ किलो सुकुटी सहित ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन १५, २०८०

ABC (क्राईमबिट)
दाङ । घोराही उपमहानगरपालिका ३ कुईरेपानी जंगलको बाटोमा आवत जावत गर्ने सवारी साधनहरुलाई रोकी जाँच गर्ने क्रममा सुकुटी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । लमहीदेखि घोराही तर्फ आउँदै गरेको रा २ प ६१९५ नम्बरको मोटरसाईकल र संँगै रहेको बा ९१ प ११०७ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल पछाडी सवार करण केसीले प्लाष्टिकको जेब्रा झोलामा चितलको मासु जस्तो देखिने सुकुटी जन्य पदार्थ फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

१७ किलो रहेको उक्त सुकुटी जस्तो पदार्थ बोकी ल्याउने लमही नगरपालिका ६ बस्ने बर्ष ४५ को नुरबहादुर कुमाल, गढवा गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३० का मनोज थापा मगर र गढवा ६ कै ३१ वर्षका करण केसीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय घोराही दाङमा बुझाईएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!