०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

कोशी प्रदेश प्रहरीले हत्या तथा लुटपाट हो हल्ला गरेपछि रोहितको हत्या गर्ने ब्यक्ती सार्बजनिक

Logo
प्रकाशित बुधबार, साउन १७, २०८०

ABC (क्राईमबिट)

विराटनगर । २८ वर्षीय रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई बुधबार प्रहरीले सार्वजानिक गरेको छ । पक्राउ परेका मोरङको लेटाङ नगरपालिका–१ का ३५ वर्षीय पर्वत भन्ने दिपक तिमिल्सिना र धरान उपमहानगरपालिका–१४ का ३४ वर्षीय अनसन तामाङ हुन् ।

उनीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकामध्ये दिपक घटनाका मुख्य अभियुक्त हुन् । उनैले रोहितलाई सुनसरीको धरान–इटहरी सडकखण्डस्थित सेउती पुलनजिकै साउन ५ गते गोली हानेका थिए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाका अनुसार रोहितमाथि लुटपाट गर्नेक्रममा होहल्ला भएप्छि लुटेरा समूहका दिपकले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।

खुकुरी गर्धनमा र पेस्तोल छातीमा देखाएर रोहितसँग गएकी किशोरीको तीन आनाको सुनको सिक्री, मोबाइल र लेडिज झोला लुटेको र त्यसपछि रोहितले होहल्ला गर्दै प्रतिकार गर्न खोजेपछि गोली चलाएको देखिएको घटनाको अनुसन्धानमा खटेका संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले बताए ।

उनले भने, ‘रोहित र किशोरी सेउती पुलको जंगल छिरेको १० मिनेट भित्रमा लुटपाट गरी गोली हानेर लुटेरा समूह पानमारा जाने जंगलतिर भागेको देखिएको छ ।’ रोहित हत्याको मुख्य कारण लुटपाट रहेको अनुसन्धानबाट खुलेको उनले बताए ।

उनले भने, ‘हामीले सबै कोणबाट सुक्ष्म तरिकाले अनुसन्धान गरेका थियौँ । हत्या गरिनुको कारण लुटपाट नै रहेको देखियो ।

डिआईजी बास्तोलाका अनुसार लुटपाट गरी हत्या गर्ने समूहमा तीन जना रहेको खुलेको छ । जसमध्ये दुई जना पक्राउ परेका छन् भने एक जना अझै फरार छन् ।

प्रहरीका अनुसार पक्राउ परेका दिपक यसअघि पनि विभिन्न अपराधमा कैद भुक्तान गरी छुटेका अभियुक्त हुन् । दिपक जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरी दुई महिना अगाडि छुटेका थिए । यस्तै, तामाङ लागूऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडि छुटेका थिए । साथै, यसअघि पनि उनीहरू चार वटा लुटपाटको घटनामा संलग्न भएको अनुसन्धानबाट खुलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!