३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

कोशी प्रदेश प्रहरीले हत्या तथा लुटपाट हो हल्ला गरेपछि रोहितको हत्या गर्ने ब्यक्ती सार्बजनिक

Logo
प्रकाशित बुधबार, साउन १७, २०८०

ABC (क्राईमबिट)

विराटनगर । २८ वर्षीय रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई बुधबार प्रहरीले सार्वजानिक गरेको छ । पक्राउ परेका मोरङको लेटाङ नगरपालिका–१ का ३५ वर्षीय पर्वत भन्ने दिपक तिमिल्सिना र धरान उपमहानगरपालिका–१४ का ३४ वर्षीय अनसन तामाङ हुन् ।

उनीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकामध्ये दिपक घटनाका मुख्य अभियुक्त हुन् । उनैले रोहितलाई सुनसरीको धरान–इटहरी सडकखण्डस्थित सेउती पुलनजिकै साउन ५ गते गोली हानेका थिए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाका अनुसार रोहितमाथि लुटपाट गर्नेक्रममा होहल्ला भएप्छि लुटेरा समूहका दिपकले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।

खुकुरी गर्धनमा र पेस्तोल छातीमा देखाएर रोहितसँग गएकी किशोरीको तीन आनाको सुनको सिक्री, मोबाइल र लेडिज झोला लुटेको र त्यसपछि रोहितले होहल्ला गर्दै प्रतिकार गर्न खोजेपछि गोली चलाएको देखिएको घटनाको अनुसन्धानमा खटेका संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले बताए ।

उनले भने, ‘रोहित र किशोरी सेउती पुलको जंगल छिरेको १० मिनेट भित्रमा लुटपाट गरी गोली हानेर लुटेरा समूह पानमारा जाने जंगलतिर भागेको देखिएको छ ।’ रोहित हत्याको मुख्य कारण लुटपाट रहेको अनुसन्धानबाट खुलेको उनले बताए ।

उनले भने, ‘हामीले सबै कोणबाट सुक्ष्म तरिकाले अनुसन्धान गरेका थियौँ । हत्या गरिनुको कारण लुटपाट नै रहेको देखियो ।

डिआईजी बास्तोलाका अनुसार लुटपाट गरी हत्या गर्ने समूहमा तीन जना रहेको खुलेको छ । जसमध्ये दुई जना पक्राउ परेका छन् भने एक जना अझै फरार छन् ।

प्रहरीका अनुसार पक्राउ परेका दिपक यसअघि पनि विभिन्न अपराधमा कैद भुक्तान गरी छुटेका अभियुक्त हुन् । दिपक जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरी दुई महिना अगाडि छुटेका थिए । यस्तै, तामाङ लागूऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडि छुटेका थिए । साथै, यसअघि पनि उनीहरू चार वटा लुटपाटको घटनामा संलग्न भएको अनुसन्धानबाट खुलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]

error: Content is protected !!