२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

ड्युटीमा खटिएका इन्स्पेक्टर युवराज कटुवालमाथि बञ्चरो प्रहार

Logo
प्रकाशित शुक्रबार, भाद्र ०८, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । ड्युटीमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) युवराज कटुवालमाथि बिहीवार साँझ पौने सातबजे बञ्चरो प्रहार भएको छ ।

शिवसताक्षी–९ झरनापुल नजिकै प्रहरी निरीक्षक कटुवालमाथि आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रनि कटुवालको टाउको र हातमा चोट लागेको छ ।

कटुवालको टाउकोमा आठ र हातको औँलामा तीन टाँका लगाइएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । प्रनि कटुवालको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अशोक पोखरेल, अरुण तामाङ र लक्ष्मण टुडु छन् । तीमध्ये पोखरेलले बञ्चरो हानेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!