१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य गृहमन्त्रालय तानिए

Logo
प्रकाशित आइतबार, भाद्र १०, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा नाम मुछिएपछि दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई गृह मन्त्रालयमा तानिएको छ।

उनीमाथि लागेको आरोपबारे छानबिन गर्न सजिलो होस् भनेर गृह मन्त्रालय तानिएको मन्त्रालय स्रोतले बतायो। वैद्यलाई अहिले अतिरिक्त समूहमा राखिएको छ।

वैद्य भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रतिवेदनमा उल्लेख छ।

ललिता निवास जग्गा प्रकरणमा सिआइबीले अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ।

सरकारी वकिलको कार्यालयले आइतबार यो प्रकरणबारे जिल्ला अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]