२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

सिप्रदीले विक्रि वितरण गर्दै आएको टाटा नेक्सन इभी कारको ब्याट्रीमा ब्यापक गुनासो

Logo
प्रकाशित आइतबार, भाद्र २४, २०८०

(ABC-Sanchar)
काठमाडौं । ब्याट्रीकै कारण यो गाडी खरिद गरेका धेरै उपभोक्ता पछुतो मानिरहेका छन् भने केही सस्तोमा भएपनि तत्कालै बेचेर तनाव मुक्त हुने योजनामा छन्। उनीहरुका अनुसार यो गाडीको ब्याट्री ड्यामेज हुने खतरा धेरै छ।

४२ देखि ४८ लाखसम्म पर्ने यो गाडीको ब्याट्री फेर्नु पर्दा ८÷९ लाख रुपैयाँ खर्च हुन्छ। तर, एकैछिन पनि पानीमा डुब्यो भने ब्याट्री ड्यामेज हुने समस्या धेरै देखिएको प्रयोगकर्ताहरु वताउँछन्। केही समय अगाडि सिप्रदीले मगाएका गाडी भैरहवाको सोरुपमा राखिएको थियो। वर्षाका कारण सोरुममा राखिएका कतिपय गाडी पानीमा डुवेका थिए।

ती मध्ये ८ वटा गाडी ड्यामेज भएपछि भारत नै फिर्ता पठाईएको थियो। सिप्रदीले ड्यामेज भएका ८ वटा गाडीको इन्स्योरेन्स दावी गरेपछि पानीमा डुवेका कारण गाडी र ब्याट्री ड्यामेज भएको रहस्य वाहिर आएको थियो। त्यस वेला सिप्रदीले दावी गरेको मध्ये केही रकम इन्स्योरेन्स कम्पनीले ब्यहोरेको कम्पनीका ब्यवस्थापकले जानकारी दिए।

यो प्रकरण वाहिर आएपछि उपभोक्ताहरु अझै तनावमा छन्। अर्कोतर्फ पफर्मेन्स एन्जाईटी (गन्तब्यमा पुग्ने÷नपुग्ने चिन्ता) ले गर्दा प्रेसर फिल गरेर यो गाडी सेकेन्ड ह्याण्डमा वेच्न खोज्नेको संख्या अहिले धेरै छ। टिकटक, हाम्रो बजार, मार्केट प्लेस लगायतका सामाजिक साईटहरुमा गाडी विक्रिका लागि राखिएका प्रचार सामग्रीले पनि उनीहरुको गुनासोलाई पुष्टी गर्न मद्दत गरिरहेको छ। नेपाल-आज

यो पनि,

नीति निर्माण तहमा सिप्रदीको हस्तक्षेप, मन्त्री किनेर करका दर हेरफेर
सिप्रदीको सर्भिस सेन्टरमा नै पड्कियो एक्साईडको ब्याट्री, यसरी बाँचे ईन्जिनियर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]