१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

कानुन कार्यान्वयन गर्ने कुरामा कसैसंग सम्झौता गर्दैन : दाङ एसपी : केसी

Logo
प्रकाशित आइतबार, भाद्र २४, २०८०


ABC (क्राईमबिट)
दाङ । भर्खरै सरुवा भएर आउनु भएका जिल्ला प्रहरी प्रमुख रामबहादुर केसिले अपराध न्युनिकरणमा सन्चार क्षेत्रको भुमिका महत्वपुर्ण हुने भन्दै सुचना आदान प्रदानमा सहयोग गर्न आग्रह गरेका छन ।

जिल्ला प्रहरी कार्यालय दाङमा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै एसपि केसिले दाङमा लागु औषध, आत्महत्या लगायतका घटनाहरु बढ्दो अबस्थामा रहेकाले सबै मिलेर सचेतना मुलक कार्यक्रम सन्चालन गरेर अपराध न्युनीकरण गर्नु पर्नेमा जोड दिए ।

कानुन कार्यान्वयन गर्ने कुरामा कसैसंग सम्झौता नहुने बताउदै कानुन उलङ्घन गर्ने जो कोहि पनि कानुनि दायरामा आउने केसिको भनाई छ । जिल्लाको शान्ती सुरक्षा कायम गर्न प्रहरीको एक्लो प्रयासले मात्रै सम्भब नहुने उल्लेख गर्दै एसपि केसिले नागरिक र प्रहरी हातेमालो गरेर सुचना आदान प्रदानबाट नै अपराध नियन्त्रण र रोकथाम गर्न सकिने बताए । उनले कामबाट आफ्ना योजनाहरु कार्यान्वयन गर्दै जाने भन्दै पत्रकारलाई सहि र तथ्यगत सुचना दिन प्रहरीले कुनै कन्जुस्याई नगर्ने र सबैको पहुँच हुने गरि बाताबरण निर्माण गरिने बताए । गौतम बुद्ध बिमानस्थल रुपन्देहिबाट हालै मात्रै सरुवा भइ केसि दाङ आएका हुन । त्यस्तै डिएसपि जनकराज मल्लले पनि सुचनाको पहुँच सबैलाई हुने भन्दै जिल्लाका बिकृती र बिसङ्गती नियन्त्रण गर्न प्रहरी सदैब तयार रहेको बताए । सो अवसरमा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसिले प्रहरीले सहि सुचना समयमै दिनु पर्ने पत्रकारको अपेक्षा रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!