२२ आश्विन २०८१, मंगलबार
08-10-2024 , Tue
×

राजस्व कार्यालय तुलसीपुरका अधिकृत सापकोटा नेपालगन्ज विमानस्थलबाट २६ लाख नगदसहित पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र २५, २०८०

ABC (क्राईमबिट)
बाँके । नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित नेपाल सरकारका एकजना कर्मचारी पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा आज बिहान ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।

सापकोटा बिहान ८ः४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं आउँदै थिए । सापकोटासँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए । उनी भने फरार भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । देशका अधिकांश नाकाहरुमा स्वदेश फर्किनेहरुको भीडभाड हुन थालेको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दसैँ मनाउन घर फर्कने गरेको र अहिले जमुनाह नाकामा लर्को लाग्ने गरेको हो । ईलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले नेपालगञ्जस्थित जमुनाह नाका भएर दैनिक करिब एक हजार ५०० व्यक्ति स्वदेश भित्रिरहेको […]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आतंकवादसँग जोडिएर आर्थिक कारोबार गरिरहेको आशंकामा तीनजना नेपालीको विवरण माग गरेको छ । यसरी विवरण माग गरिएकामध्ये एकजना प्रहरीकै बहालवाला डीएसपी पनि रहेका छन् । इन्टरपोलले पत्राचार गरेका तीनमध्ये एक नेपाल प्रहरीकै बहालवाला प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाही भएको खुलेको छ । १४ अक्टोबर १९७९ मा जन्मिएका शाहीको ठेगाना […]

(एबिसि संचार )                                                                बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै उच्चले उनलाई सफाइ दिएको […]

error: Content is protected !!