२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

साउदी उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्कियो

Logo
प्रकाशित बिहिबार, आश्विन १८, २०८०


(ABC-Sanchar)
काठमाडौं । बुधबार राति काठमाडौंबाट दमामका लागि उडेको आरए २४१ उडानको जहाज पाकिस्तानको सीमा समाप्त भएर कुवेत प्रवेश गर्ने क्रममा प्रवेश नपाएपछि नेपाल नै फर्किएको हो ।

नेपाल एअरलाइन्सको उक्त जहाजमा टिकास प्रविधि फेल भयो थियो । यो प्रविधिले अरु जहाजसँगको दूरीबारे जहाजलाइ जानकारी दिन्छ ।

यसै प्रविधिको सहायताले पाइलटले आफ्नो जहाजलाई अरु जहाजसँग ठोक्किनबाट रोक्न तलमाथि गराउने वा मार्ग परिवर्तन गर्न सक्छन् । तर नेपाल एअरलाइन्ससँगको बुधबारको उडानमा यो प्रविधि फेल भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दियो ।

कुवेतको वायुसेवा नियममा टिकास प्रविधि नभएका जहाजलाई आफ्नो आकासमा प्रवेश नदिने उल्लेख भएका कारण नेपाल एअरलाइन्सले पनि कुवेतको आकासमा प्रवेशको अनुमति पाएन् ।

बुधबार राति फर्केको जहाजका यात्रुलाई अर्को जहाजबाट पठाउने तयारी भइरहेको नेपाल एअरलाइन्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]