१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

इजरायल आक्रमणमा ज्यान गुमाएका ४ जना नेपालीहरुको शव आइपुगियो

Logo
प्रकाशित आइतबार, कार्तिक ०५, २०८०

 

(ABC-Sanchar)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव आइपुगेको हो। शव लिन विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत गएका थिए।

इजरायलको तेल अविवस्थित नेपाली दूतावासले कानुनी प्रक्रिया पूरा भएका चार जना नेपाली विद्यार्थीको शव शनिबार फ्लाई दुबईबाट नेपाल पठाइएको हो।

नारायण न्यौपाने, लोकेन्द्रसिंह धामी, दीपेशराज विष्ट र आशिष चौधरीको शव कानुनी प्रक्रिया पूरा नेपाल ल्याइएको हो। अन्य शव पहिचानको क्रममा रहेकाले पहिचानपश्चातमात्रै शवहरू नेपाल पठाइने जनाइएको छ। त्यस्तै बेपत्ता रहेका विपिन जोशीको उपलब्ध सम्पूर्ण संयन्त्र प्रयोग गरी खोजीकार्य जारी राखेको दूतावासले जनाएको छ।

हमास आक्रमणमा परी ‘लर्न एन्ड अर्नु’कार्यक्रममार्फत् इजरायल गएका दस जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द शाह, सुनसरीका राजेशकुमार स्वरंकार, डोटीका राजन फुलारा, पदम थापा र सल्यानका प्रवेश भण्डारी छन्।

शवहरु सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी रहेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!