१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

इजरायल आक्रमणमा ज्यान गुमाएका ४ जना नेपालीहरुको शव आइपुगियो

Logo
प्रकाशित आइतबार, कार्तिक ०५, २०८०

 

(ABC-Sanchar)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव आइपुगेको हो। शव लिन विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत गएका थिए।

इजरायलको तेल अविवस्थित नेपाली दूतावासले कानुनी प्रक्रिया पूरा भएका चार जना नेपाली विद्यार्थीको शव शनिबार फ्लाई दुबईबाट नेपाल पठाइएको हो।

नारायण न्यौपाने, लोकेन्द्रसिंह धामी, दीपेशराज विष्ट र आशिष चौधरीको शव कानुनी प्रक्रिया पूरा नेपाल ल्याइएको हो। अन्य शव पहिचानको क्रममा रहेकाले पहिचानपश्चातमात्रै शवहरू नेपाल पठाइने जनाइएको छ। त्यस्तै बेपत्ता रहेका विपिन जोशीको उपलब्ध सम्पूर्ण संयन्त्र प्रयोग गरी खोजीकार्य जारी राखेको दूतावासले जनाएको छ।

हमास आक्रमणमा परी ‘लर्न एन्ड अर्नु’कार्यक्रममार्फत् इजरायल गएका दस जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द शाह, सुनसरीका राजेशकुमार स्वरंकार, डोटीका राजन फुलारा, पदम थापा र सल्यानका प्रवेश भण्डारी छन्।

शवहरु सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी रहेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]