१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

कतारको अदालतले ८ जना भारतीयलाई मृत्युदण्डको फैसला

Logo
प्रकाशित शुक्रबार, कार्तिक १०, २०८०

(ABC-Sanchar)

काठमाडौं । कतारको दोहामा पक्राउ परेका आठ पूर्वनौसैनिक अधिकारीलाई त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ। भारतको विदेश मन्त्रालयले कतारको फैसलाबाट स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतीक्षामा रहेको जनाएको छ।

‘कतारको कोर्ट अफ फर्स्ट इन्स्टेन्सले अल दहरा कम्पनीका आठ भारतीय कर्मचारीको संलग्नता रहेको मुद्दामा आज फैसला सुनाएको हामीलाई प्रारम्भिक जानकारी प्राप्त भएको छ’, विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘मृत्युदण्डको फैसलाले हामी स्तब्ध भएका छौँ र विस्तृत फैसलाको प्रतिक्षामा छौँ ।’

विदेश मन्त्रालयले यो घटनालाई उच्च महत्त्व दिने भन्दै सबैका परिवारलाई कुटनीतिक तथा कानूनी सहायता प्रदान गर्न जारी राख्ने बताएको छ। ‘हामी कतारी अधिकारीहरूसँग पनि सम्पर्क गरी थप निर्णय लिनेछौँ, उसले भनेको छ, ‘यस मुद्दाको कारबाहीको गोप्य प्रकृतिका कारण यस घडीमा थप टिप्पणी गर्नु उपयुक्त हुने छैन ।’

सन् २०२२ को अक्टोबरदेखि कतारमा रहेका ती आठ भारतीय नागरिकमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोप लागेको थियो । नयाँ दिल्लीले ती आठ जना भारतीयलाई सल्लाहका लागि पहुँच प्रदान गरेको थियो र उनीहरूको रिहाइका लागि काम गरिरहेको थियो ।

मार्चको अन्त्यमा ती भारतीय नागरिकको मुद्दामा पहिलो सुनुवा गरिएको थियो । त्यसपछि ग्वालियरमा बस्दै आएकी एक पूर्व नौसैनिक अधिकारीकी बहिनी मीतू भार्गवले आफ्नो भाइलाई फिर्ता ल्याउन भारत सरकारसँग सहयोगको याचना गरेका थिए। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!