१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

अख्तियारको कर्मचारी हु भन्दै ठगी गर्ने एकजना नेपालगन्जबाट पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक ११, २०८०

 

ABC (क्राईमबिट)
बाँके । नेपालगन्जमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयबाट सुविधा लिँदै आएका भरतपुर महानगरपालिका १२, चितवन
घर भई हाल नेपालगन्ज उप–महानगरपालिका २० राँझामा बस्दै ३७ वर्षीय मोहन कोइरालालाई पक्राउ गरि अनुसन्धान गरिरहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

कोइरालाले विगत केहि समयदेखि बाँकेका विभिन्न सरकारी कार्यालय तथा संघ संस्थालाई आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भनी सुविधा लिने गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वुटवल, सम्पर्क कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले उनलाई शुक्रवार पक्राउ गरेको डिएसपी डाँगीले बताए ।

‘निगरानी गर्ने क्रममा कोइरालाले सरकारी कार्यालय र संघसंस्थासँग रकम असुली गरेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको डिएसपी डाँगीले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!