२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट

Logo
प्रकाशित शुक्रबार, कार्तिक १७, २०८०

 

(ABC-Sanchar)
रामेछाप । शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको काठमाडौंस्थित नागरिक उड्डयन प्राधिकरणका एक उपनिर्देशकले बताए ।

कुटाकुटको कारण भने खुलेको छैन । ‘घटनाको जाँच विवरण लिँदैछु,’ रामेछाप विमानस्थल प्रमुख अशोक थापाले भने,‘बिहान ८ बजे लुक्लाबाट आएको जहाजका क्याप्टेन सन्तोष साह र रामेछापबाट त्यो जहाज लिएर लुक्ला जाने अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच झगडा परेको हो ।’प्राधिकरणका उपनिर्देशकका अनुसार, दुवै जना क्याप्टेनको ड्युटी अदलीबदलीको समय थियो । ‘क्याप्टेन साह विमानस्थल भवनतर्फ आउँदै गर्दा अर्का क्याप्टेन श्रेष्ठ जहाजतर्फ जाँदै थिए,’ ती उपनिर्देशकले भने,‘सन्तोष साहले हात मिलाउन खोज्दा सञ्जीवले धकेले । उनी लडेपछि दुई जनाले हानाहान गरे ।’ घटनापछि क्याप्टेन साहले आफूलाई हातमा चोट लागेको र मन्थली बजारमा उपचार गर्न जान लागेको प्रतिक्रिया दिए । क्याप्टेन सञ्जीव श्रेष्ठ भने जहाज लिएर लुक्ला पुगेका छन् । उनलाई र उक्त जहाजलाई लुक्ला विमानस्थलमै ग्राउन्डेड गरिएको छ ।‘सञ्जीवले हाम्रो आपसी मामिला हो । जहाज उडाउन सक्छु भनेर गए,’ रामेछाप विमानस्थल प्रमुख खड्काले भने,‘अहिले त्यो जहाज र क्याप्टेन श्रेष्ठलाई लुक्ला विमानस्थलले उतै ग्राउन्डेड गरेको छ भने क्याप्टेन साहलाई रामेछापमै ग्राउन्डेड गरिएको छ ।’ घटनापछि प्राधिकरणले क्याप्टेन श्रेष्ठको पाइलट इजाजतपत्र खारेज गर्ने तयारी गरेको छ ।

यस घटनाका बारेमा तारा एयरलायन्सका प्रवक्ता सुर्दशन बर्तौलाले कम्पनीबाट इन्क्वायरी भइरहेको बताए । ‘यो झगडा उनीहरूको व्यक्तिगत विषयमा भएको देखिन्छ । एयरलायन्स र उडानसँग सम्बन्धित होइन,’ उनले भने, ‘यसबारेमा कम्पनी अनुसन्धान अघि बढाइसकेको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]