२२ मंसिर २०८०, शुक्रबार
08-12-2023 , Fri
×

पाकिस्तानमा सुरक्षाकर्मीमाथि आक्रमण हुँदा कम्तीमा १४ सैनिकहरुको मृत्यु

Logo
प्रकाशित शनिबार, कार्तिक १८, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । पाकिस्तान घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय राजमार्गमा सुरक्षा बलको काफिलामाथि आक्रमण भएपछि विवरण सङ्कलन र आवश्यक प्रतिक्रियाका लागि हाम्रो टोली त्यस क्षेत्रमा पुगेको छ ।”

नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै एक सैनिक अधिकारीले १४ जना सैनिक मारिएको बताएका छन् । एएफपीलाई प्राप्त तस्बिरमा जलेका शवहरू सडकभरि छरिएका देखिएका छन् तर यसबारे कसैले जिम्मेवारी लिइसकेको छैन ।

इरानको सीमादेखि कराँचीसम्मको समुद्री तटलाई पछ्याउने राजमार्गमा रहेको बलुचिस्तानको माछा मार्ने शहर पास्नी नजिकै सो आक्रमण भएको हो । बलुचिस्तानमा जातीय बलोच गुरिल्लाहरूले प्रान्तको समृद्ध ग्याँस र खनिज संसाधनहरूको दोहनको आरोप लगाउँदै सरकारसँग दशकौंदेखि सङ्घर्ष गर्दै आएको छ ।

बलोच समुदायले लामो समयदेखि प्रान्तको मुनाफाको उचित हिस्सा नपाएको गुनासो गर्दै आएका छन् । यसै अधिकारका लागि सङ्घर्ष गर्ने स्थानीयहरूबीचबाट पृथकतावादी समूहहरू जन्मिएका छन् ।

यसैबीच पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा प्रहरी भ्यानलाई लक्षित गरी भएको बम विष्फोटमा परी पाँच सर्वसाधारणको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान शहरमा हालैका महिनाहरूमा हिंसात्मक घटनाहरू बढेको देखिन्छ ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी सिडिओ श्रवणकुमार पोखरेलले कसैले चाहेर पनि अवैध तस्करी रोक्न नसक्ने बताएका छन् । खुल्ला सीमानाका कारण अवैध चोरी नियन्त्रण गर्न नसकिने उनको भनाई छ । १३ औँ अन्तर्राष्ट्रिय कर दिवसको अवसरमा नेपालगन्जमा आयोजित एक कार्यक्रममा उनले दशगजाको वरिपरि दुई देशका नागरिकको वस्ती भएकोले अवैध […]

  (ABC-Sanchar) काठमाडौं । प्रहरीले तीनकुने र बल्खु क्षेत्रमा सार्वजनिक संचार सेवा रोकिदिएको छ । तीनकुनेमा एमालेको भातृ संगठन युवा संघ र बल्खुमा व्यवसायी दुर्गा प्रसाइको आह्वानमा व्यवस्था परिवर्तनका पक्षधरहरुले प्रदर्शन गरिरहेका छन् । यी दुवै ठाउँमा प्रहरीले नेटवर्क जामर उपकरण चलाएर मोलाइल नेटवर्क अवरुद्ध गरेको हो । सवारीमा जडान गरिएको यो उपकरणले आफ्नो आसपासका […]

(एबिसि संचार ) काठमाडौं उपत्यकाका धेरैजसो शैक्षिक संस्था आज बन्द भएका छन् । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र दुर्गा प्रसाईं समूहले गर्न लागेको शक्ति प्रदर्शनको कारण यातायात सेवा प्रभावित हुने भएपछि स्कुल, कलेज बन्द गर्नु परेको सञ्चालकहरुले बताएका छन् । युवा संघले तीन कुनेमा र प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक […]