२२ मंसिर २०८०, शुक्रबार
08-12-2023 , Fri
×

प्रहरीले स्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुई जनालाई पक्राउ

Logo
Abc Sanchar प्रकाशित बुधबार, कार्तिक २२, २०८०

 

ABC (क्राईमबिट)
काठमाडौं । महानगरपालिका २४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपियाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा बर्दियाको गेरूवा गाउँपालिका–२ घर भई हाल काठमाडौंको जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका–१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् ।

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई उक्त रकमसहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी सिडिओ श्रवणकुमार पोखरेलले कसैले चाहेर पनि अवैध तस्करी रोक्न नसक्ने बताएका छन् । खुल्ला सीमानाका कारण अवैध चोरी नियन्त्रण गर्न नसकिने उनको भनाई छ । १३ औँ अन्तर्राष्ट्रिय कर दिवसको अवसरमा नेपालगन्जमा आयोजित एक कार्यक्रममा उनले दशगजाको वरिपरि दुई देशका नागरिकको वस्ती भएकोले अवैध […]

  (ABC-Sanchar) काठमाडौं । प्रहरीले तीनकुने र बल्खु क्षेत्रमा सार्वजनिक संचार सेवा रोकिदिएको छ । तीनकुनेमा एमालेको भातृ संगठन युवा संघ र बल्खुमा व्यवसायी दुर्गा प्रसाइको आह्वानमा व्यवस्था परिवर्तनका पक्षधरहरुले प्रदर्शन गरिरहेका छन् । यी दुवै ठाउँमा प्रहरीले नेटवर्क जामर उपकरण चलाएर मोलाइल नेटवर्क अवरुद्ध गरेको हो । सवारीमा जडान गरिएको यो उपकरणले आफ्नो आसपासका […]

(एबिसि संचार ) काठमाडौं उपत्यकाका धेरैजसो शैक्षिक संस्था आज बन्द भएका छन् । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र दुर्गा प्रसाईं समूहले गर्न लागेको शक्ति प्रदर्शनको कारण यातायात सेवा प्रभावित हुने भएपछि स्कुल, कलेज बन्द गर्नु परेको सञ्चालकहरुले बताएका छन् । युवा संघले तीन कुनेमा र प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक […]