३० साउन २०८२, शुक्रबार
15-08-2025 , Fri
×

दुर्घटनामा चार जनाको मृत्यु

Logo
Abc Sanchar प्रकाशित सोमबार, मंसिर ०४, २०८०

(एबिसि संचार )

रूपन्देही, तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोल चोकमा सडकमा ना.६ ख ८१६१ नम्बरको ट्रकले लु.४९ प २२३० नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोल बस्ने ५० वर्षीय मादबलाल देबकोटा र मोटरसाइकलमा सवार सोही नगरपालिका–२ जानकीनगर बस्ने ४० वर्षीया यादा क्षेत्री रहेका छन् ।प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, रुकुम पश्चिम, चौरजहारी नगरपालिका–८ गोहिरी ज्युलामा लु.१ ज २२९७ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा चौरजहारी नगरपालिका–१३ बस्ने ४५ वर्षीय मस्तबहादुर वलीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका २० जनामध्ये १४ जनाको मिसन अस्पताल चौरजहरीमा उपचार भइरहेको २ जनालाई थप उपचारको लागि नेपालगंज रिफर गरिएको छ भन्ने अन्य २ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा मेडिकल कलेज कोहलपुर पठाइएको छ ।

स्याङजा, पुतलीबजार नगरपालिका–१४ भिरबारीस्थित सडकमा ग.१ त ४९८७ नम्बरको ट्याक्टर बाटोबाट पल्टिएर सोमबार बिहान दुर्घटना हुँदा चालक दाङ दंगीशरण गाउँपालिका–४ बस्ने २८ वर्षीय रामहरी चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले उद्दार कार्यको साथै आवश्यक अनसुन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!